९ बैशाख, नेपालगञ्ज /अनियमित तरिकाले बत्ती गएका कारण नेपालगञ्ज स्थित एचओ अक्सिजन उत्पादन फयाक्ट्रीमा अक्सिजन उत्पादनमा समस्या भएपछी भेरी अस्पतालमा अक्सिजन दिएर उपचार गराईरहनु भएका कोरोनाका बिरामीहरुलाई एकै साथ समस्या उत्पन्न हुने खतरा बढेर गएको छ ।
हिजो बुधबारबाट बत्ती सप्लाईमा अवरुद्ध हुदा कम्पनीमा अक्सिजन उत्पादनमा समस्या भएको छ । नेपालगञ्जको परसपुर स्थित एचओ अक्सिजन अत्पादन कम्पनीमा बत्ती जाने-आउने समस्याले उत्पादनमा समस्या भएको उक्त कम्पनीले जनाएको छ ।
भेरी अस्पतालमा कोरोनाका बिरामीहरुका लागि दैनिक १ सय वटा अक्सिजनका सिलीन्डर खपत भईरहेकोमा बत्ती जाने आउने कारणले अक्सिजन उत्पादनमा समस्या भएको र बिहिबार बिहानबाट बत्तीको सप्लाई सुचारु भएपछी पुन उत्पादन सुरु गरिएको कम्पनीका प्रवन्धक अजय गुप्ताले जानकारी दिनुभएको छ ।
गुप्ताले एक पटक बत्ती गएमा पुन मेशिन सञ्चालन गर्न कम्तीमा आधा घण्टा लाग्ने भएकाले समस्या भएको र बत्ती लगातार आएमा अक्सिजन उत्पादनमा कुनै समस्या नहुने जानकारी दिनुभएको छ ।
अक्सिजनको अभावका सम्वन्धमा भेरी अस्पतालमाका प्रमुख डाक्टर प्रकाश थापाले कोरोनाका प्रया सबै बिरामीहरुलाई २४ घण्टा अक्सिजन दिनुपर्ने अवस्था रहेको र बिधुतअनियमितताका कारण अक्सिजन उत्पादनमा अनियमितता भएकोले ठुलो सिलिन्डरका अक्सिजनको कमी भई हाल इमरजेन्सीका लागि सानो सिलिन्डर मार्फत बैकल्पीक ब्यवस्था गरिएको जानकारी दिनुभएको छ ।
भेरी अस्पतालमा कोभिड वार्डमाउपचार गराईरहनु भएका सबै बिरामीलाई पाइप मार्फत अक्सिजन दिएर उपचार गरिदै आएको छ ।
हाम्रो संरचना । ९ बैशाख २०७८, बिहीबार ०९:५८