९ बैशाख, नेपालगञ्ज/ नेपालगञ्जमा दैनिक सयौको संख्यामा कोरोना सक्रमणमा बिरामीहरुको संख्या बढेको बढयै छ । भेरी अस्पतालमा कोरोनाका गम्भीर बिरामीहरुको उपचारका लागि सञ्चालन गरिएको कोभिड वार्डका सबै १४२ वटा बेडहरु भरीएका छन ।
भेरी अस्पतालका आइसियु देखी भेन्टीलेटर सबै भरी भराउ छन । कोभिड वार्डको बेड तथा अक्सिजन नपाएर हिजो बुधबार मात्र नेपालगञ्ज स्थित मेडिकल कलेजमा पुगेका एक जना बिरामीको मृत्यु भएको छ ।
बुधबार मात्र भेरी अस्पतालको कोरोना सक्रमण परिक्षण ल्याबमा आरटिपिसिआर परिक्षणमा ३५० जनामा २०४ जना संक्रमित भएको र कोहलपुर स्थित मेडिकल कलेजमा १३४ जनाको परिक्षण गरिएकोमा ६६ जनामा संक्रमण भएको पाइएको छ ।
पछील्लो केही दिन यता बिरामी भई परिक्षण गर्न आएका मध्य करीब ६० प्रतिशतमा कारोना संक्रमण भएको पाइएको छ । भेरी अस्पतालका प्रमुख डाक्टर प्रकाश थापाका अनुसार अब सबै स्वास्थ्य केन्द्रहरुमा कोरोनाका गम्भीर बिरामीहरुको उपचारका लागी तयारी गनुपर्दछ ।
भेरी र मेडिकल कलेजमा कोरोनाका गम्भीर बिरामीहरुको भयाबह स्थित बन्दै गएकाले समयमै सर्बैले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभएको छ । भेरी अस्पतालका मात्र स्टाफ नर्स देखी स्वास्थ्य सहयोगी, अप्रेशन सहयोगी गरि ३० जना बिरामी भई परिक्षण गर्दा कोरोना संक्रमण भएको पाइएकोले हाल भेरी अस्पतालमा अप्रेशन वाड पुरै बन्द गरिएको भेरी अस्पतालका प्रमुख डाक्टर थापाले जानकारी दिनुभएको छ ।
हाम्रो संरचना । ९ बैशाख २०७८, बिहीबार १०:१६