बांकेमा पछील्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु

कोहलपुर स्थित मेडिकल कलेमा कोरोना संक्रमित ब्यक्तीको शव ब्यवस्थापन गर्दे टिम ।

१२ बैशाख, नेपालगञ्ज/  बिगत २४ घण्टामा बांकेमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संकट ब्यवस्थापन समिति बांकेका फोकल पर्सन तेज व्रलीका अनुसार शनिबार बिहान देखी आईतबार बिहान सम्म भेरी अस्पतालमा ६ जना कोहलपुर मेडिकल कलेजमा १ जना र १ जना घरमै आत्महत्या गरेको गरि ८ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

शनिबार राती १ बजेर २१ मिनेट जांदा भेरी अस्पतालमा नेपालगञ्ज–१० का ६१ बर्षिय तारादेबी मल्लको मृत्यू भएको छ । शनिबार बिहान साढे ८ बजे नेपालगञ्ज–१२ का ५५ बर्षिय बदरुना निशाको, त्यसैगरि शनिबार अपरान्ह ४ बजेर २० मिनेटमा बांके खजुरा–२ की ७२ बर्षिय खुमादेबी पुलामीको, शनिबार सांझ साढे ७ बजे नेपालगञ्ज–३ की ६५ बर्षिय मोहमदि सिद्धिकिको मृत्यू भएको छ ।

त्यसैगरी शनिबार सांझ नै साढे १० बजे नेपालगञ्ज वडानम्बर ३ की खजुरा बस्ने बर्ष ४७ की लक्ष्मी थापाको र नेपालगञ्ज–११ बस्ने ६० बर्षिय राधेश्याम बैश्यको भेरी अस्पतालको कोरोना वार्डमै उपचारको क्रममा मृत्यू भएको छ ।

उता कोहलपुर स्थित मेडिकल कलेजमा कोहलपुर नगरपालिका वडानम्बर १० की ३६ बर्षिय मनिशा थापाको आईतबार बिहान २ बजेर ३० मिनेटमा कोहलपुर मेडिकल कलेजमा मृत्यू भएको छ भने होम आइसोलृसनम बसेका कोहलपुर वडानम्बर ९ झण्डवाका ६० बर्षिय बम बहादुर खत्रीले हिजो शनिबार नै आफनै भरमा आइसोलेसन बसेकै ठाउंमा झुण्डीएर आत्महत्या गरेका छन ।

बांकेका मात्र कोरोना संक्रमणबाट हाल सम्म ८३ जनाको मृत्यु भईसकेको छ ।  मृर्तकहरुको सदगदका लागि नेपाली सेना र परिवारका सदस्यहरुले ब्यवस्थापन गर्दै आउनु भएको छ ।