कोरोनाबाट अक्रान्त बांकेमा एकै दिन ५५३ जना संक्रमित, २४ घण्टा नबित्दै १० जनाको मृत्यु

कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तीहरुको सदगदको निम्ती नेपाली सेना सहितको टिमले सहयोग गदै आएको छ ।

 

१६ बैशाख,नेपालगञ्ज/  उपचारपछी सञ्चो भएर घर फर्किने आसामा भेरी अस्पतालमा आउनेहरु बिरामीहरुका आफन्तहरु दुखका साथ निराश भएर घर फर्कने क्रम हवात्तै बढेर गएको छ ।

बुधबार रात पनि भेरी अस्पतालमा करीब १२ घण्टाको बीचमा १० जनाको ज्यान गएको छ । त्यसरी ज्यान गुमाउनेहरु मध्य अधिकांस नेपालगञ्जका रहेका छन।

बुधबार दिउसो २ बजे बांके बैजनाथ गाउंपालिका वडानम्बर ६ का ५६ बर्षिय जंग बहादुर भण्डारीले कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो भने सांझ ४ बजेर ३० मिनेटमा नेपालगञ्ज उप-महानगरपालिका वडानम्बर १३ का बर्ष ६९ का चित्र बहादुर बिष्टको भेरी अस्पतालमा मृत्यु भएको छ ।
त्यसैगरी बुधबार सांझ ८ बजेर ५५ मिनेटमा नेपालगञ्ज उप-महानगरपालीका वडानम्बर १३ कै ५८ बर्षिय प्रमोद कुमार अग्रवालको कोहलपुर मेडिकल कलेजमा मृत्यूु भएको छ ।

बिहिबार राती ९ बजे नेपालगञ्ज उप-महानगरपालीका वडानम्बर ४ का ६० बर्षिय अवधमान पतिको भेरी अस्पतालमा, कोहलपुर नगरपालीका वाडनम्बर ११ की ४३ बर्षिय दुर्गा तिवारीको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यू भएको छ ।

नेपालगञ्ज उप-महानगरपालीका वडानम्बर ९ का ओम प्रशाद पासीको बिहिबार राती १० बजे भेरी अस्पतालमा, बर्दिया बढैयाताल गाउंपालिका वडानम्बर ८ का ३२ बर्षिय जिवन चौधरीको बिहिबार राती १ बजेर ३० मिनेटमा र बुधबार बिहान साढे ५ बजे नेपालगञ्ज उप-महानगरपालीका वडानम्बर ५ का बर्ष ५५ का अमरजित कुवंरको भेरी अस्पतालमा मृत्यु भएको छ ।

कैलालीको चुहा नगरपालिका वाडनम्बर १ का ४३ बर्षिय टिकाराम धमला बिहारबार बिहान ७ बजेर ५० मिनेटमा र बांके खजुरा गाउंपालिका वडानम्बर २ की ६७ बर्षि सिता सिंश ठकुरीको बिहिबार बिहान ८ बजे भेरी अस्पतालको कोभिड वार्डमा मृत्यु भएको छ ।

यो घटनामा सगै बांके जिल्लाका १०७ जना कोरोना संक्रमित ब्यक्तीहरुको मृत्यु भएको छ, जसमा अधिकांस नेपालगञ्ज र कोहलपुरका रहेका छन । त्यसैगरी कोरोना संक्रमित बांकेमा आवश्यक उपचारका निम्ती बाहिरी जिल्लाबाट आएका मध्य बुधबार बिहान सम्म ११० जनाको मृत्यु भईसकेको छ । मृत्यु हुनुहुनेहरुमा दांग, बर्दिया, कैलालीका बढीरहेका छन ।

कोरोना संकट ब्यवस्थापन समितिका फोकल पर्सन तेज वलीका अनुसार बांकेमा एकै दिन बुधबार ५५३ जना कोरोनाका लक्षण सहितका बिरामीहरु थपिएका छन । बिरामी भएर बांकेको भेरी अस्पतालको ल्याब, बागेश्वरी ल्याब, कोहलपुर मेडिकल कलेजको ल्याब र सिमानाका जमुनहाकामा ७५३ जना बिरामीहरुको कोरोना संक्रमण चेकजांचको क्रममा ५५३ जनाको लक्षण पोजेटिभ आएको छ । पोजेटिभ आएका मध्य  बांकेका मात्र २०८ जना महिला र २७६ जना पुरुष गरी ४८४ जना बांकेका मात्र रहेको वलीले जानकारी दिनुभएको छ ।

बांकेमा बुधबार सांझ सम्मको रिपोटमा अनुसार बांकेमा ५६ हजार ४ सय ५५ जनाको आरटिपिसिआर परिक्षण गरिएकोमा ३ हजार ४ सय २३ जना महिला र ५ हजार १ सय ७४ जना महिला गरी कुल ८ हजार ५ सय ९७ जना कोरोना संक्रमित भएकोमा १ हजार ४ सय १३ जना महिला र १ हजार ७ सय ७४ जना पुरुष अझै आइसोलेसनमा हुनुहन्छ ।

आइसोलेसन मध्य ९ जना भेन्टीलेटरमा र १२४ जना सिकिस्त बिरामी रहेको अवस्था रहेको छ भने अस्पताल भर्ना भइ निको हुनेक्रममा २ सय २६ जना रहनुभएको छ ।