हाम्रो संरचना बुधबार, असार ९, २०७८ 2940 Views

 

२४ बैशाख, नेपालगञ्ज/  हिजो बिहिबार दिउसो साढे ३ बजे देखी शुक्रबार बिहान ६ बजे सम्म नेपालगञ्जमा ११ जना ब्यक्तीको मृत्यु भएको छ ।
कोरोना क्राईसिस म्यानेजमेन्ट टिम बांकेका फोकल पर्सन तेज वलीका अनुसार बैशाख २३ गते बिहिबार दिउसो ३ बजेर ३० मिनेटमा बांकेको बैजनाथ गाउंपालिका वडा नम्बर ८ का ४९ बर्षिय पूरुषको भेरी अस्पतालमा मृत्यु भएको थियो भने आज शुक्रबार बिहान ६ बजे नेपालगञ्ज उप-महानगरपालिका वडानम्बर १० का ५४ बर्षिय महिलाको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यू भएको हो ।

मृत्यु हुनुहनेहरुमा २५ देखी ६० बर्ष उमेरका भएपनि प्रया: ४५ देखी ६० बर्ष उमेर समूहका धेरै रहनु भएको छ । हिजो मात्र यस्तै समयको बीचमा ११ जनाको मृत्यू भएको बांके डिसिसिएमसीले जानकारी दिएको थियो । यो बिवरण अस्पतालमा मृत्यु भएका र डिसिसिएमसीलाई जानकारी प्राप्त भएको बिवरणको मात्र लिपिबद्ध हो ।

हिजो सांझ साढे ३ बजे देखी बिहान ६ बजे सम्म मृत्यु भएकाहरुको बिवरण….

१) बर्ष ४९ पुरुष बैजनाथ गापा-८ बाँके
pcr : ०७८/०१/०८ गते भेरी
भर्ना : ०७८/०१/१८ गते भेरी
मृत्यु : ०७८/०१/२३ गते १५:३० बजे

२) बर्ष ६१ पुरुष नेपालगञ्ज उमनपा-१० बाँके
pcr : ०७८/०१/१२ गते भेरी
भर्ना : ०७८/०१/१५ गते भेरी
मृत्यु : ०७८/०१/२३ गते १७:०० बजे

३) बर्ष २७ महिला काेहलपुर नपा-१० बाँके
Pcr : २०७८/१/२० गते NGMC
भर्ना : २०७८/१/२२ , NGMC कोहलपुर
मृत्यु : १०७८/१/२३ गते १७:४० बजे

४) बर्ष ४७ पुरुष बारबर्दिया-६ बर्दिया
Pcr : २०७८/१/२१ गते बर्दिया
भर्ना : २०७८/१/२३ , भेरी
मृत्यु : १०७८/१/२३ गते २१:०० बजे

५) बर्ष ४८ महिला टिकापुर- २ कैलाली
Pcr : २०७८/१/०१ गते भेरी
भर्ना : २०७८/१/०२, भेरी
मृत्यु : १०७८/१/२३ गते २३:३० बजे

६) बर्ष ३४ पुरुष नेपालगञ्ज उमनपा- ६ बाँके
Pcr : २०७८/१/२१ गते NGMC
भर्ना : २०७८/१/२३ , भेरी
मृत्यु : १०७८/१/२४ गते ०१:३० बजे

७) बर्ष ५६ महिला नेपालगञ्ज उमनपा- १८ बाँके
Pcr : २०७८/१/२० गते बागेश्वरी ल्याब
भर्ना : २०७८/१/२१ , भेरी
मृत्यु : १०७८/१/२४ गते ०२:०० बजे

८ ) बर्ष ५२ पुरुष नेपालगञ्ज उमनपा- ३ बाँके
Pcr : २०७८/१/१६ गते भेरी
भर्ना : २०७८/१/२८ , भेरी
मृत्यु: १०७८/१/२४ गते ०३:०० बजे

९ ) बर्ष ६० महिला नेपालगञ्ज उमनपा- १२ बाँके
Pcr : २०७८/१/१३ गते NGMC
भर्ना : २०७८/१/१६ , भेरी
मृत्यु : १०७८/१/२४ गते ०३:३० बजे

१०) बर्ष ५४ महिला नेपालगञ्ज उमनपा-१० बाँके
Pcr : २०७८/१/११ गते NGMC
भर्ना : २०७८/१/२१ , भेरी
मृत्यु : १०७८/१/२४ गते ०६:०० बजे

११) बर्ष ५४ पुरुष नेपालगञ्ज उमनपा- ६ बाँके
Pcr : २०७८/१/१९ गते NGMC
भर्ना : २०७८/१/२० , NGMC नेपालगन्ज
मृत्यु : १०७८/१/२३ गते १८:५०
यो संगै बाँके जिल्लाको मृत्यु संख्या १६९ जना र अन्य जिल्लाको मृत्यु संख्या १३० जना रहेको डिसिसिएमसी बांकेले जानकारी दिएको छ ।