पछील्लो २४ घण्टामा आज पनि बांकेमा थप ११ जनाको मृत्यु (बिवरण सहित)

मानबिय दृष्टिकोणले सबै भन्दा ग्राहो काम : नेपालगञ्ज स्थित भेरी अस्पतालको कोरोना वाडबाट शनिबार कोरोना संक्रमित भई मृत्यू भएकाहरुको शव निकाल्दै नेपाली सेनाको टोली । कोरोना संक्रमितबाट मृत्यु भएकाहरुको शव ब्यवस्थापनका लागि रांझा स्थित भैरवनाथ गणबाट क्याप्टेन बिक्रम चौधरीको टोलीले रात दिन यसरी नै काम गरिराखेको छ । नेपाली सेनाले कोभिडबाट मृत्यु भएकाहरु करीब ३ सय जनाको शव स्थानिय परम्परा अनुसार संकस्कार गरीसकेको छ ।

२६ बैशाख, नेपालगञ्ज/  हिजो शनिबार बिहान ९ बजे देखी आईतबार बिहान ६ बजे सम्म नेपालगञ्जमा ११ जना ब्यक्तीको मृत्यु भएको छ ।

कोरोना क्राईसिस म्यानेजमेन्ट कमिटि बांकेका फोकल पर्सन तेज वलीका अनुसार बैशाख २५ गते शनिबार बिहान ९ बजे नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर ४ का ५८ बर्षिय पूरुषको भेरी अस्पतालमा मृत्यु भएको थियो भने आज आईतबार बिहान ५ :५५ बजे  नेपालगञ्ज उप-महानगरपालिका वडानम्बर ११ का ४३ बर्षिय पूरुषको । कोहलपुर स्थित मेडिकल कलेजमा मृत्यू भएको हो ।

हिजो मात्र यस्तै समयको बीचमा ११ जनाको मृत्यू भएको बांके डिसिसिएमसीले जानकारी दिएको थियो । यो बिवरण अस्पतालमा मृत्यु भएका र डिसिसिएमसीलाई जानकारी प्राप्त भएको बिवरणको हो ।

हिजो शनिबार बिहान ९ बजे बजे देखी आज आईतबार बिहान ६ बजे सम्म मृत्यु भएकाहरुको बिवरण तल उल्लेख गरिएको छ ।

१) बर्ष ५८ पुरुष नेपालगञ्ज उप-म.नगर-४ बाँके
RT-PCR Test : २०७८/१/१७ गते भेरी
भर्ना : २०७८/१/१९ गते, भेरी
मृत्यु : २०७८/१/२५ गते ०९:०० बजे

२) बर्ष ५५ महिला जानकी गा.पा.- ३ बाँके
RT-PCR Test : २०७८/१/२० गते भेरी
भर्ना : २०७८/१/२३ गते, भेरी
मृत्यु : २०७८/१/२५ गते १०:३० बजे

३) बर्ष ७४ पुरुष नेपालगञ्ज उप-म.नगर-२ बाँके
RT-PCR Test : २०७८/१/१८ गते NGMC
भर्ना : २०७८/१/१८, NGMC नेपालगंज
मृत्यु : २०७८/१/२५ गते १०:३०

४) बर्ष ६५ महिला बढैयाताल-२ बर्दिया
RT-PCR Test : २०७८/१/१७ गते भेरी
भर्ना : २०७८/१/२२ गते, भेरी
मृत्यु : २०७८/१/२५ गते १५:२५ बजे

५) बर्ष ३० महिला बढैयाताल-१ बर्दिया
RT-PCR Test : २०७८/१/२१ गते भेरी
भर्ना : २०७८/१/२१ गते, भेरी
मृत्यु : २०७८/१/२५ गते १५:४० बजे

६) बर्ष ८५ महिला दंगिशरण- ५ दाङ्ग
RT-PCR Test : २०७८/१/२५ गते भेरी
भर्ना : २०७८/१/२४, भेरी
मृत्यु : २०७८/१/२५ गते १७:३० बजे

७) बर्ष ७३ पुरुष नेपालगञ्ज उप-म.नगर-१५ बाँके
RT-PCR Test : २०७८/१/२१ गते भेरी
भर्ना : २०७८/१/२१ गते, भेरी
मृत्यु : २०७८/१/२५ गते २०:०० बजे

८) बर्ष ५३ महिला नेपालगञ्ज उप-म.नगर-२ बाँके
RT-PCR Test : २०७८/१/१५ गते NGMC
भर्ना : २०७८/१/१६ गते, भेरी
मृत्यु: २०७८/१/२६ गते ०२:३० बजे

९) बर्ष ४३ पुरुष लम्की-चुहा -१ कैलालि
RT-PCR Test : २०७८/१/२३ गते NGMC
भर्ना : २०७८/१/२०,NGMC नेपालगञ्ज
मृत्यु : २०७८/१/२६ गते ०१:०० बजे

१०) बर्ष ४१ पुरुष तुलसीपुर -६ दाङ्ग
RT-PCR Test : ०७८/०१/१२ गते दाङ
भर्ना : २०७८/१/२२,NGMC कोहलपुर
मृत्यु : २०७८/१/२६ गते ०२:०० बजे

११) बर्ष ४३ पुरुष नेपालगञ्ज उप-म.नगर- ११ बाँके
RT-PCR Test : २०७८/१/१८ गते NGMC
भर्ना : २०७८/१/२१,NGMC कोहलपुर
मृत्यु : २०७८/१/२६ गते ०५:५५ बजे

यो बिवरण संगै बाँके जिल्लाको मृत्यु संख्या १८० जना र अन्य जिल्लाको मृत्यु संख्या १३६ जना रहेको डिसिसिएमसी बांकेले जानकारी दिएको छ ।

कोरोना संक्रमित भई नेपालगञ्जले केही महत्वपूर्ण ब्यक्तीहरु गुमाईसकेको छ , जसमा पूर्व मन्त्री,राज्यमन्त्री तथा संबिधान सभा सदस्य तथा समाज सेवीहरु ,नेपालगञ्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसका लेक्चर तथा समाज सेवी लगायत केही राष्टसेवक कर्मचारी देखी समाजका केही अगुवा होनहार ब्यक्तीत्वहरु एवम सर्वसाधरण नागरीकहरु गुमाई सकेको छ ।

२०७८ साल बैशाख १ गते देखी यता बांके जिल्लामा कोरोना कहरको तथ्यांकगत अवस्था….

२०७८ साल बैशाख १ गते देखी यता बांके जिल्लामा कोरोना कहरको तथ्यांकगत अवस्था । स्रोतः तेज वली : फोकल पर्सन : DCCMC, Banke