बांकेमा कोरोना कहर : ९,२१५ जना डिस्चार्ज,आईतबार बिहान देखी सोमबार अपरान्ह सम्म १६ जनाको मृत्यू (बिवरण सहित)

तथ्यांक प्रस्तुत: तेजु वली, फोकल पर्सन, DCCMC, Banke

२७ बैशाख, नेपालगञ्ज / बांकेमा कोरोना कहर जारी नै रहेको छ । सोमबार सम्म  १३ हजार ५ सय ४४ जना पोजेटिभ मध्य ९ हजार २ सय १५ जना निको भएर डिसचार्ज हुनुभएको छ भने पोजेटिभ मध्य ३ सय ३२ जनाको दुखद निधन भएको छ ।

बांकेमा कोरोना कहर थामिने कुनै संकेत देखिएको छैन । हिजो आईतबार बिहान १० बजेर ४० मिनेट देखी सोमबार अपरान्ह ४ बजे सम्म बांके जिल्लाका मात्र नेपालगञ्ज स्थित भेरी अस्पताल र मेडिकल कलेजमा गरि १२ जना थप ब्यक्तीको मृत्यू भएको छ ।

तेजु वलीद्धारा सोमबार अपरान्ह ४ बजे जारी सूचना अनुसार बांकेका भेरी र मेडिकल कलेजमा उपचारका लागि आउनु भएका बांकेका हाल सम्म १९२ जनाको मृत्यु भएको छ भने अन्य जिल्लाका १४१ जनाको मृत्यु भएको छ ।

२०७८ साल बैशाख १ गते यता मात्र कोरोना संक्रमण भई अस्पतालमा उपचार गराउन आउनुभएका मध्य बांके जिल्लाका मात्र १३० भन्दा बढी ब्यक्तीको मृत्यु भएको छ । बांकेमा कोरोना कहरबाट सोमबार सम्म ७८ जना महिला र ११३ जना पुरुष गरि १९१ जना बांके बासीको मृत्यु भइसकेको छ ।

त्यसै गरि अन्य जिल्लाहरुबाट थप उपचारका लागि बांकेको भेरी अस्पताल र मेडिकल कलेजमा आउनु भएका कोरोना संक्रमित मध्य सोमबार अपरान्ह सम्म ४१ जना पुरुष र ९८ जना महिला गरि १४१ जनाको मृत्यु भईसकेको छ ।

बांके जिल्लामा सोमबार सम्म जम्मा १३ हजार ५ सय ४४ जना कोरोना संक्रमण भएको मध्य ९ हजार २ सय १५ जना निको भईसक्नु भएको छ ।

कोरोनाको दोस्रो लहर आएपछी २०७८ साल बैशाख १ गते देखी बैशाख २७ गते सम्म आधिकारीक ठाउंमा चेकजांच गरेका सरकारी तथ्यांक अनुसार ८ हजार २ सय ७७ जना ब्यक्ती कोरोना संक्रमित हुनपुग्नु भएको छ ।

कोरोना संक्रमणबाट सोमबार मृत्यू भएकाहरुको नेपाली सेनाको शव डिुपोजल टिम द्धारा गन्तब्य तर्फ लैजादै ।

बैशाख महिनामा मात्र कोरोना संक्रमित मध्य झण्डै आधा भन्दा बढी ४ हजार ४ सय ६० जनाले कोरोना संक्रमण जितिसक्नु भएको छ भने अन्य ब्यक्तीहरु पनि परास्त गर्ने क्रममा रहनुभएको छ ।

कोरोना क्राईसिस म्यानेजमेन्टले सोमबार जारी गरेको सूचना अनुसार ११ सय ७ जनाको नमुनामा ३ सय ७० जना महिला र ४ सय ७३ जना पूरुष गरी ८ सय ४३ जना कोरोना पोजेटिभ हुनुभएको छ ।

नेपालगञ्ज स्थित कोरोना कइसिस म्यानेजमेन्ट कमिटिका फोकल पर्सन तेज वली कोरोना बाट पिडित ब्यक्तीहरुको सहयोग तथा सूचना ब्यवस्थित गर्न लागिरहनु भएको अवस्थामा आफै बिरामी भएर पनि बांकेमा कोरोना कहर अवस्थाका सूचना ब्यवस्थापन गरेर सूचना प्रर्वाह गरिरहनु भएको छ ।

बांके जिल्लाका आईतबार बिहान देखी सोमबार अपरान्ह सम्म मृत्यु भएकाहरुको बिवरण……..

१८१) बर्ष २४ पुरुष काेहलपुर नपा-११ बाँके
RT-PCR : २०७८/१/१५ गते NGMC
भर्ना : २०७८/१/१७, NGMC कोहलपुर
मृत्यु : २०७८/१/२६ गते १०:४० बजे

१८२) बर्ष ७७ पुरुष राप्तिसोनारी गापा- २ बाँके
RT-PCR : २०७८/१/२४ गते भेरी
भर्ना : २०७८/१/२४ गते भेरी
मृत्यु: २०७८/१/२६ गते ११:१०

१८३ ) बर्ष ६५ महिला नेपालगञ्ज-४ बाँके
RT-PCR : २०७८/१/२५ गते भेरी
भर्ना : २०७८/१/२५, भेरी
मृत्यु : २०७८/१/२६ गते ११:४५ बजे

१८४) बर्ष ५० पुरुष राप्तिसोनारी गापा- ६ बाँके
RT-PCR : : २०७८/१/२० गते भेरी
भर्ना : २०७८/१/२० गते, भेरी
मृत्यु : २०७८/१/२६ गते १४:०० बजे

१८५) बर्ष ७० महिला खजुरा गापा-३ बाँके
RT-PCR : : २०७८/१/२० गते NGMC
भर्ना : २०७८/१/२३ गते, भेरी
मृत्यु : २०७८/१/२६ गते १४:४० बजे

१८६) बर्ष ४२ पुरुष डुडुवा गापा-५ बाँके
RT-PCR : : २०७८/१/२५ गते भेरी
भर्ना : २०७८/१/२५ गते, भेरी
मृत्यु : २०७८/१/२६ गते १५:२० बजे

१८७) बर्ष ६१ पुरुष कोहलपुर नपा- १४ बाँके
RT-PCR : : २०७८/१/२१ गते NGMC
भर्ना : २०७८/१/२५गते,NGMC कोहलपुर
मृत्यु : २०७८/१/२६ गते १७:५० बजे

१८८) बर्ष ५१ पुरुष नेपालगञ्ज उमनपा -१९ बाँके
RT-PCR : : २०७८/१/१७ गते भेरी
भर्ना : २०७८/१/१७ गते भेरी
मृत्यु : २०७८/१/२७ गते ०७:०० बजे

१८९) बर्ष ६५ महिला खजुरा गापा – १ बाँके
RT-PCR : : २०७८/१/२२ गते भेरी
भर्ना : २०७८/१/२६, NGMC कोहलपुर
मृत्यु : २०७८/१/२७ गते १०:२० बजे

१९०) बर्ष ७० महिला कोहलपुर नपा – १ बाँके
RT-PCR : २०७८/१/२७ गते १२:०० भेरी
भर्ना : २०७८/१/२६, भेरी
मृत्यु : २०७८/१/२७ गते ११:०० बजे

१९१) बर्ष ३५ महिला नेपालगञ्ज- ४ बाँके
RT-PCR : २०७८/१/१४ गते भेरी
भर्ना : २०७८/१/२४ गते भेरी
मृत्युु : २०७८/१/२७ गते १३:०० बजे

बांके जिल्ला बाहिरका अन्य जिल्लाका मृतकको बिबरण……

१३७) बर्ष ४४ महिला बाँसगढी नपा-८ बर्दिया
RT-PCR : २०७८/१/१५ गते NGMC
भर्ना : २०७८/१/२०, NGMC नेपालगञ्ज
मृत्यु : २०७८/१/२६ गते १०:०० बजे

१३८) बर्ष ९२ महिला बढैयाताल गापा- १ बर्दिया
Pcr : २०७८/१/२५ गते भेरी
भर्ना : २०७८/१/२६ गते भेरी
मृत्यु : २०७८/१/२६ गते ११:३०बजे

१३९) बर्ष ५३ महिला गुलारिया नपा- ५ बर्दिया
RT-PCR : २०७८/१/१७ गते NGMC
भर्ना : २०७८/१/१७, NGMC नेपालगञ्ज
मृत्यु : २०७८/१/२६ गते १६:०० बजे

१४०) बर्ष ४६ महिला गुलरिया नपा- ७ बर्दिया
RT-PCR : २०७८/१/२३ गते भेरी
भर्ना : २०७८/१/२६ गते भेरी
मृत्यु : २०७८/१/२६ गते २२:०० बजे

१४१) बर्ष ६८ पुरुष बासगढी नपा- ८ बर्दिया
RT-PCR : २०७८/१/२२ गते NGMC
भर्ना : २०७८/१/२६ गते,NGMC कोहलपुर
मृत्युु : २०७८/१/२६ गते २३:५० बजे यो संगै बाहिरी जिल्लाको मृत्यु संख्या बांकेमा १४१  जना पुगेको छ ।

 

हामी तपाईकै वरिपरी छौ……

 

तपाईको बिश्वासिलो र भरपर्दो सञ्चार माध्यममा सहज पहुचका लागि हाम्रो पेज  hamrosamrachanaलाइक गर्नुहोस ।