राप्ती नदिमा खोज-तलास उद्दा गर्दा गर्दै….. एकजनाको मृत्यु

११ असार नेपालगञ्ज/ बाँकेमा हुन सक्ने सम्भावीत दैवी प्रकोप मा उद्दार लागि आवश्यक पूर्व तयारी गर्ने उदेश्यले शुक्रवार रातीनदिको सिधनिया घाटमा कृतिम अभ्यास गरिएको छ ।

बाँके स्थित नेपाली सेना, शसस्त्र प्रहरी, जनपद प्रहरीका उद्दार कार्यमा दक्ष जनशक्ति समेत सम्मिलीत उक्त अभ्यास कार्यमा रेडक्रस, स्थानिय प्रशासनका जनपनिनिधि हरु समेत सहभागिता रहेको थियो।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा सम्पन्न उक्त अभ्यास कार्य भइरहेको समयमा नै राप्ती को भोजभवान घाटमा २८ बर्षिय पवन यादव भैसी चराउन गएको समयमा राप्ती नदि डुवेर वेपत्ता भएको भोजभगवान प्रहरीले जानकारी दिएको छ ।