फेरी कोरोनाको जोखिम बढेकाले नेपालगञ्जमा “मास्क लगाउ” अभियान सञ्चालन

मास्क लगाउ कार्यक्रमको उदघाटन कार्यक्रममा बांकेको सहाय प्रमुख जिल्ल अधिकारी शंकर बहादुर बिष्ट सेतो सर्टमा र बांकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीको साथमा अन्य सुरक्षानिकायका ब्यक्तीहरु पनि ।

१६ साउन, नेपालगञ्ज/ कोरोना संक्रमणको उच्च जोखिम रहेको बांके जिल्लमा शुक्रबार देखी फेरी अनिबार्य “मास्क लगाउअभियान सञ्चालन गरिएको छ । कोरोनाको तेस्रो लहरबाट मानव जोगाउन जनचेतना फैलाउने उदेश्यले सञ्चालन गरिएको उक्त अभियानको शुक्रबार औपचारिक रुपमा सुरुवात गरिएको छ ।

यस अभियान सञ्चान गर्नुअघि जिल्ला प्रशासन कार्यालय बांकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठक र कोरोना संकट ब्यवस्थापन समितिको बैठकले माथिल्लो निकायहरुको निर्देशन तथा स्थानिय स्तरमा कोरोना रोकथामका लागि उपनाउनु पर्ने उपाय तथा तयारीका बिषयमा समेत छलफल गरेर केही आवश्य थप निर्णयहरु समेत गरेको छ ।

बैठकले नेपाल –भारत सिमा क्षेत्रमा स्थानिय एक जग्गा मालिकको सहमती लिएर ३ बिघा जग्गामा नेपाल–भारत आवत–जावत गर्नेहरुको निगरानी गरि भारतबाट आउने ब्यक्तीहरुलाई होल्डींग सेन्टरमा राख्ने , कोरोनाका बिरामीहरुको लागि यस अघि तयार गरिएका सेन्टर तथा अस्पतालहरुको निरिक्षण गरि अध्यावधी गर्ने समेत निर्णय गरेको छ ।

सर्वसाधणलाई मास्क बितरण गर्दै बांकेकां प्रहरी नायब निरिक्षक माधव रिजाल ….. ।

त्यसै गरि उच्च जोखिम क्षेत्रमा रहेका अस्पतालमा आवश्यक पर्नसक्ने अक्सिजनहरु लागि  सिलिण्डर देखी ग्यास प्लान्टहरु चुस्तदुरुस्त राख्न पर्ने माथिल्लो  निर्देशनलाई अनुगमन गरि अध्यावधी गरिएको छ । कोरोना संक्रमण बिरुद्ध लडन सबै स्वास्थ्य मापदण्डहरु पालना गर्न पनि बांके कोरोना संक्रमण ब्यवस्थापन समितिले सर्बसाधरण सबैमा अपिल समेत गरेको छ ।

शुक्रबार सुरवात गरिएको मास्क लगाउ कार्यक्रममा बांकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बशादुर बिष्ट, बांकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृयण अधिकारी, डिएसपी मधुसुधन न्यौपाने लगायतका प्रहरी कर्मचारीहरु र समाजिक क्षेत्रमा कार्यरत बास, रेडक्रस लगायतका संस्थाका प्रतिनिधिहरुको एवम सर्वसाधरणहरुको उपस्थित रहेको थियो ।
बांकेमा हाल भाइरल ज्वरोका बिरामी बढनुका साथै कोरोना जोखिमको खतरा बढे पनि हाल नियन्त्रणमा नै रहेको छ भने यो खतरा बढेर जानसक्ने भएकाले सबै तिर सर्तकता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस अभि नै सूचना जारि गरिसकेको छ ।