सिमावर्ती बजार रुपैडिहाबाट नेपालगञ्ज तर्फ ल्याउन लागेको करोडौंको खैरो हिरोइन सहित ताज बाबृु पक्राउ

रुपैडिहा थानामा पक्राउ परेका ताज वावु का साथ सिमाक्षेत्रमा कार्यटन संयुक्त भारतिय सुरक्षाकर्मी

 २५ साउन, नेपालगञ्ज/नेपालगञ्जको सीमावर्ति बजार रुपैडियामा सोमवार ठूलो परिमाणमा प्रतिबन्धित लागु औषध सहित १ जना पक्राउ परेका छन् ।

नेपालगञ्ज तर्फ स्मगलिङ गर्ने उदेश्यले लुकाई छिपाई राखेको अवस्थामा सिमाक्षेत्रमा लागु औषध विरुद परिचालित विशेष टास्क फोर्सलाई प्राप्त गोप्य सूचनाको आधारमा रुपैडिया घरियारन टोलका २१ वर्षीय ताज बाबृु भन्ने व्यक्तिलाई १ सय ७५ ग्राम खैरो हिरोइन  सहित भारतिय समुक्त सुरक्षा कर्मिहरुले पक्राउ गरेका  हुन् ।

रुपैडिहा स्थित एसएसवी असिस्टेन्ट कमान्डेन्ट सुमित भारद्धाज र रुपैडिया थाना प्रमुख अभय सिंहको संयुक्त टोलीले १ सय ७५ ग्राम खैरो हिरोइन( ब्राउन सुगर) सहित बाबुलाई पक्राउ गरेको  जनाएको छ ।

उक्त ब्राउन सुगरको नेपाली बजारमा  मूल्य करिव १ करोड ७५ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद भएको लागु औषध बाबुले नेपाल भित्र्याउने तयारी गरेका थिए ।

यसअघि १ सय ३४ ग्राम स्मेक सहित घसियारन टोलकै युवा पक्राउ परेका थिए । उक्त स्मेकपनि उनले नेपाल ल्याउने तयारीमा थिए । खुला सीमानाकाको फाइदा उठाउँदै  कारोवारीहरुले प्रतिबन्धित लागु औषध नेपाल ल्याउने र महंगोमा विक्री गर्ने गरेको रुपैडिया थाना प्रमुख सिंहले बताउनु भएको छ ।

रुपैडिहा बाट नेपालगञ्ज ल्याएर यहाँका केही चिकित्सक, केही हवाइसेवामा रहेका ब्यक्ति देखी उच्च आम्दानी भएका व्यक्तिहरु समेत कुलतमा फसेको घटना तथ्यांकले  देखाएको छ ।
त्यसैगरी रुपैडिहाबाट बाँकेको विभिन्न क्षेत्र हुदै अन्य जिल्ला दांग, बर्दिया, सुर्खेत हुदै पहाडी जिल्ला तर्फ  स्मलिंग हुनेगरेको छ।

 नेपालगञ तर्फ ल्याउन लागिएको उक्त खैरो हिरोइन भित्रिएर पहाडी जिल्लामा पुगेको भए धेरै जनाका छोराछोरी कुलतको दलदलमा  थप फस्दै जाने निश्चित हुन्थ्यो।