तस्करीको करोड मुल्यका मोबाईल छोडन आदेश दिने दांगका डिआइजी मुकुन्द राज आर्चायका कारण बर्दघाटका इन्सपेक्टर कपिल वाग्लेको मृत्यु !

तस्बिर: बर्दघाटका स्वर्गिय इन्सपेक्टर कपिल वाग्ले र दांगका डिआइजी मुकुन्द राज आर्चाय ।

२८ साउन, नेपालगञ्ज/  दांग स्थित लुम्बीनी प्रदेश प्रहरी प्रमुख डिआईजी मुकुन्द राज आर्चायका कारण इलाका प्रहरी कार्यालय नवलपरासी बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको घटना सार्वजनिक भएको छ ।

बिहिबार संघिय प्रतिनिधि सभामा बोल्दै पूर्व गृह राज्यमन्त्री समेत रहिसक्नु भएका नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले इलाका प्रहरी कार्यालय नवलपरासी, बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्युको कारक लुम्बीनी प्रदेश प्रहरी प्रमुख डिआईजी मुकुन्द राज आर्चाय भएको र भ्रष्टाचार निवारण ऐन २०६९ को दफा २ क ७१८ बमोजिम भ्रष्टाचार हुने कसुर समेत गरेको भन्दै  संसद मार्फत कार्बाहीको माग गर्नुभएको छ ।

उक्त घटनाका सम्वन्धमा जिल्ला प्रहरी कार्यालय नवलपरासी स्रोतका अनुसार गत हप्ता साउन २१ गते पश्चिमबाट पूर्व तर्फ गइरहेको प्रदेश नम्बर ३ को ०१०२३ च ५५४४ को सेतो पिकअप गाढीमा भन्सार चोरी निकासी गरी तस्करी गरेर ल्याएका ठुलो संख्याको अवैध मोबाइल सहित २ जनालाई इलाका प्रहरी कार्यालय बर्दघाटले पक्राउ गरेको थियो ।

उक्त तस्करी गरि ल्याएको मोबाइल र सवारी साधानलाई महेशपुर भन्सार पठाउने प्रक्रिया पूरा नहुँदै ३ घण्टापछि पक्राउ परेका तस्करीका मोबाईल र ब्यक्तीलाई छोडिदिन लुम्बीनी प्रदेश प्रहरी प्रमुख डिआईजी मुकुन्द राज आर्चायको दवाबमुलक निर्देशन दिएको मृतक प्रहरी निरीक्षक कपिल वाग्लेले आफनो नियमित रोलक्रम ब्रिफिंगको क्रममा आफनो मातहतलाई बताएको बताईन्छ ।

उक्त तस्करीको गाढी डिआईजीको निर्देशनपछी नवलपरासी बर्दघाट प्रहरीले छोडेपछि लुम्बिनी प्रदेशको सिमाना कटेर गण्डकी प्रदेशको दुम्कीबासमा रहेको इलाका प्रहरी कार्यालय कावासोतीले चेकजाँच गर्ने क्रममा अघिल्लो दिन बर्दघाट प्रहरीले छोडिदिएको मोबाइल सहित २ जना पक्राउ पुनः पक्राउ गरेपछी घटनाले तुल पक्रेको थियो ।

पक्राउ परेका तस्करहरुलाई जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी, कावासोतीले सोधपुछ गर्दा घुमुवा प्रहरी सञ्जीव धमलाको बर्दघाट बाणिज्य बैंकको खातामा १३ लाख रुपैयाँ बुझाए पछि माथीबाट छाड्ने निर्देशन आएपछि छाडिएको तस्करहरुले बयान दिएपछी घटनामा डिर्आजीको प्रत्यक्ष हात रहेको बताईन्छ ।  तस्करहरुको बयानकै क्रममा छानबीनको क्रममा बयान अनुसार सबुत पाईएपछी ती प्रहरी जवानलाई निलम्बन गरि थप अनुसन्धान तथा कार्बाही प्रक्रिया अगाढी बढाएको थियो ।

साउन २२ गते तस्करीका मोबाईल सहित २ जना तस्करहरुलाई कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी, कावासोतीले कानुनी प्रक्रिया पूरा गरी पक्राउ गरिएका सामान र व्यक्तिलाई महेशपुर भन्सारमा बुझाएको थियो । पक्राउ गरिएको मोबाइलको मूल्य १ करोड ३३ लाख मूल्याङकन गरिएको छ ।

साउन २१ गते घुस लिएर मोबाइल छाडेको बिषय कसरी सार्वजनिक गरेको भनेर प्रहरी निरीक्षक वाग्लेमाथि माथिल्लो तहबाट मानसिक यातना दिएको र साउन २५ गते आफ्नो निलम्बनको पत्र आएपछि साँझ ६ बजेपछि आफ्ना मातहतका प्रहरीलाई जम्मा पारेर उनले–‘आफैले निर्देशन दिएर छोडाउने, अनि पछि मलाई नै फसाउने, कसैमाथि विश्वास गर्नुहुँदैन भाइहरू’ भनेर साँझ साढे ७ बजे कालो रंगको ब्याग लिई प्रहरी कार्यालयबाट निस्किएका थिए । प्रहरी कार्यालयबाट २ सय मिटर अगाडि राजमार्ग पुगेपछि लु १४ प ८७५८ निलो रंगको पल्सर बाइकको ठक्करबाट उनको निधन भएको सांसद कँडेलले सदनमा बिहिबार जानकारी गराउनु भएको छ ।

बर्दघाट इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कपिल वाग्लेले ८ वर्षसम्म निरन्तरअख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गरेको र ८ वटा पुरस्कार प्राप्त गरेका ब्यक्तीले बर्दघाट क्षेत्रमा हुने चोरी पैठारी रोकी १ करोड १७ लाख राजस्व दाखिला गरेका कर्तव्यनिष्ठ इमान्दार प्रहरीको डिआईजी आर्चायका कारण मृत्यु भएकाले उक्त मृत्यु नभई हत्या सरह रहेको समेत जिकिर गर्नुभएको थियो ।

सांसद कँडेलले डिआजीले कार्बाही गरेको पत्रका कारण मानसिक तनावमा रहेका समयमा वाग्लेले बाटो काट्दा सवारी दुर्घटनाबाट मृत्यु भएको देखिए पनि लुम्बिनी प्रदेश प्रमुख आचार्यले दिएको तनावका कारण मानसिक सन्तुलन गुमाई प्रहरी निरिक्षक वाग्लेको ज्यान गएको दावी गर्नुभएको छ । लुम्बिनी प्रदेश प्रमुख आचार्यले उक्त घटनामा मुलुकी अपराध संहिता २०७४ को दफा १ सय ८५ को कसुर र तस्करी समेतको कसुर गरेको देखिएकोले तत्काल निलम्बन गरी उच्चस्तरीय छानविन गरी तस्करी, आर्थिक लेनदेन समेतको कलडिटेल निकाली कारवाहीका लागि उच्चस्तरीय छानविन समिति बनाउन सभामुख सापकोटा मार्फत संसदमा बिहिबार आग्रह गर्नुभएको छ । ।