हैटीमा ७.२ म्याग्नेट्युडको भूकम्पः ३०४ को मृत्यु, १८ सय बढी घाइते

३१ साउन, नेपालगञ्ज/ हिजो शनिबार बिहान दक्षिण अमेरीका नजीकैको देश हैटीमा गएको ७ दशमलव २ म्याग्नेट्युडको भूकम्पका कारण कम्तिमा ३ सय ४ जना व्यक्तिको मृत्यु भएको छ । बीबीसीका अनुसार यस घटनामा १ हजार ८ सयभन्दा धेरैजना घाइते छन् ।

शनिवार को भूकम्पमा हैटीमा क्षतिग्रस्त एक घर Photo क्रेडिट जीन&एसोसिएटेड प्रेस

शनिबार बिहान आएको भूकम्पले हैटीको पश्चिमी क्षेत्रमा धेरै क्षति पुर्याएको छ । त्यहाँ भवन, होटल, चर्चलगायतका भौतिक संरचनाहरु भग्नावशेषमा परिणत भएका छन् । प्रधानमन्त्री एरियल हेन्रीले एक महिना लामो संकट घोषणा गर्नुभएको छ । उहौले यस भूकम्पका कारण ठूलो क्षति भएको बताउनुभएको छ ।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार सेन्ट लुईस डु सुद शहरबाट झन्डै १२ किलोमिटर पर भूकम्पको केन्द्रबिन्दु रहेको छ । यसअघि सन् २०१० मा पनि हैटीमा यस्तै प्रलयकारी भूकम्प गएको थियो । समाचार एजेन्सीहरुको सहायतामा बिबिसीले तयार पारेको