३१ साउन, नेपालगञ्ज/ सत्तासिन गठबन्धन भित्रको एक निर्णायक दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज आईतबार पनि बस्दैछ ।
बैठक आज आईतबार विहान ११ बजेदेखि बस्न लागेको आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ । उहांको राजनितिक प्रतिवेदनमा केही कुण्ठा र प्रतिशोधको भावनाबाट अली बढी मनोगत भावना समेटिएको केही सदस्यहरुले बताउनु भएको छ ।
फुटदै परस्तबाट गुज्रीदै गइरहेको प्रचण्डको माओबादी पार्टीमा प्रचण्ड एकलौटी अध्यक्ष भएको ३ दशक नाघी सकेको छ ।
यसअघि शनिवार बसेको बैठकमा अध्यक्ष ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । हिजो शनिवारको बैठकमा समूहगत छलफलका लागि ८ वटा समूह बनाइएका थिए।
प्रतिवेदनमा अध्यक्ष प्रचण्डले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेर पुन अधिबेशन गरेर नेतृत्व हस्तान्तरणको ढोकालाई बन्द गरिदिएका छन ।
हाम्रो संरचना । ३१ श्रावण २०७८, आईतवार ०८:५४