चन्चले थिए म जो आज छैन,
झुटो त मैले बोलेकै हैन ।
अनायास मन यो हुन्छ बेचैन,
किन यस्तो हुन्छ थाहै छैन ।
आत्तिएर हेर्छु दायाँ र बायाँ,
गडबड केही हुनेवाला त छैन !
डर लागेर आउँछ लग-लगी काप्छु,
कोइ कतै हराउने त हैन ?
बेवास्ता तिम्रो नसकि सहन,
रातभरि नरोएको दिनै छैन ।
चस्केर देब्रे छातिको पाटो,
फिटिक्कै निदाउन सक्या छैन ।
सोचेर बस्छु दिनभरी एक्लै,
म तिम्रो लायक केइ गर्दा भैन ।
अब त साच्चै पागलै हुन्छु ,
कसरी दिलाउ म आफैलाइ चैन ।
मनभरी पिर छ म किन भनौ ,
नबुझ्नेलाइ पिडा देखाउनु छैन ।
मायाले फकाइ अंगालो हाले,
कसमै खान्थे अब रिसाउनेछैन ।
यो सबै बिनाकारनै भन्छौ,
बिनाकारनै कोइ हुन्छ्न र बेचैन,
सबै लक्षण मनोरोगिका झैँ ,
साच्चै म तेस्कै सिकार त भैन !
कवयित्री: शिव शाह सिटौलाको फेसबुकबा
हाम्रो संरचना । १२ भाद्र २०७८, शनिबार १२:४५