नेपालगञ्जबाट दाग गएको कार बगाउँदा ४ जनाको मृत्यु

१७ भदौ, दांग/ नेपालगञ्ज बाट दांगको घोराही तर्फ जादै गरेको कार बुधवार राती सिस्ने खोलाले बगाउदा ४ जनाको मृत्यु भएको छ भने १ जना को स-कुशल उद्दार गरिएको छ।

प्रहरी कार्यालय दांगका प्रवक्ता प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालका अनुसार हिजो बुधवार राती अन्दाजी १०:०० बजे दाङ जिल्लाको घोराही उप-महानगरपलिका वडा नं. ४ गोग्ली स्थित नेपालगञ्जबाट घोराही तर्फ आउदै गरेको प्र.३-०१-०२४ च ४४४० न.सुजुकी गाडीलाई सिस्ने खोलाले बगाएको भन्ने खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय दाङबाट प्र.ना.उ. मुकुन्द प्रसाद रिजालको कमाण्डमा २१ जना र प्रहरी चौकी गोग्ली दाङ बाट प्र.ना.नि.को कमाण्डमा ट्राफिक सहित ५ जनाको टोली राती नै उद्दार को निम्ति खटिएको थियो ।

उक्त प्रहरी टोलीले खोलाले वगाएको उक्त कार खोजतलास गर्नेक्रममा कार चालक जिल्ला दाङ घोराही उ.म.न.पा.१५ बस्ने बर्ष अन्दाजी ४३ को नर बहादुर पुनलाई ततकाल सकुसल उद्दार गरेको थियो।

उक्त घटनामा दाङ जिल्ला घोराही उ.म.न.पा. १३ बस्ने अन्दाजी बर्ष ३२ की शुशिला श्रेष्ठ, वडा नं. १४ बस्ने अन्दाजी बर्ष ३१/३२ की राधा कुवरलाई सोहि कार भित्रै राति मृत अवस्थामा फेला पारेको थियो।

बेपत्ता भएका दाङ घोराही उ.म.न.पा. १३ बस्ने अन्दाजी बर्ष ४० की रिता माया पुन र ऐ. वडा नं.१४ बस्ने अन्दाजी बर्ष ४०/४२ की बिमला के.सी को शव घटनास्थल देखी करिब ३ कि.मि.तल घोराही उ.म.न.पा.३ बेलुवा स्थित सोही खोलाको किनारमा आज विहिबार विहान अन्दाजी ६:१५ बजे फेला पारी निजहरुको शब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा राखिएको जिल्ला प्रहरी कार्यालय दांगले जनाएको छ ।