बडादशैं-७८ का शुभ साइतहरु सार्वजनिक

८ असोज, नेपालगञ्ज/ नेपाल पञ्चाङ्ग निर्णायक समितिले शुक्रबार यस वर्षको बडादसैँका शुभ साइतहरु सार्वजनिक गरेको छ ।

असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिनुभएको छ ।

घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजे अघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्ने समितिले जनाएको छ।

यस बर्ष असोज २६ गते मंगलबार फूलपाती परेको छ ।
असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ । असोज २९ गते शुक्रबार विजया-दशमी पर्व परेको छ ।

असोज २९ गते शुक्रबार विजया दशमीका दिन बिहान १०ः०२ बजेको समय टिकाको शुभ साइत रहेको छ । टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । रासस