नेपालका ३ ठुला नदि उफानमा: कर्णालीका दुवै नदी तटबन्ध भत्काएर गाउँ पसे: खतरा क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउमा जान आग्रह

२ कार्तिक, टिकापुर (कैलाली)/ नेपालको सबैभन्दा लामो कर्णाली नदिमा आएको बाढीले बर्दियाको राजापुर र कैलालीको टिकापुर क्षेत्रमा बाढी पसेको छ ।

वर्दियाको राजापुर, दौलतपुर क्षेत्रमा उद्दारमा खटिका सुरक्षाकर्मिहरु ।

कर्णाली नदिका २ वटा भंगालो मध्य पूर्वी तर्फको भंगालोले बर्दियाको राजापुर नगरपालीकाको वडा नम्बर १ दौलतपुर क्षेत्रका अधिकांस घरहरुमा पानी पसेको तथा पाकेको धानवाली  नष्ट गरेको छ ।

त्यसैगरी राजापुर माथी उत्तर तर्फ रहेको गेरुवा गाउँपालिकाको वडा नम्बर ३ वनकट्टीमा कर्णाली नदिको तटवन्ध फुटेर नदि गाउँ तर्फ पसेको स्थानिय वासिन्दाहरुले जानकारी दिनुभएको छ।

कर्णाली पश्चिम पट्टिको भंगालो नदि पनि कैलालीको सत्ती घाट नजिकै रहेको टीकापुर नगरपालिका वडा नम्बर ५ शाहीपुरमा कर्णाली नदीको तटबन्ध भत्काएर बाढी पश्चिम टिकापुर तर्फको गाउँ पसेको छ ।
आईतवार देखी लगातार भएको वर्षा कारण मंगलबार दिउँसो १ः३० बजे कर्णाली नदी तटबन्ध भत्काएर नदी गाउँ पसेको छ ।

कर्णाली नदीमा बाढी पसेपछि टीकापुर नगरपालिकाले नदी तटीय क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । 

टीकापुर नगरपालिका नगर प्रमुख तपेन्द्र बहादुर रावलले नदी किनारका टीकापुरका वडा नं ५,६,७, ८ र ९ का बासिन्दाहरु लाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको जानकारी दिनुभएको छ ।

कैलालीको टीकापुरका नगरपालीका वडा नं. ५ का शाहीपुर र दौलतपुर, वडा नं. ७ को सिम्रेनी, सत्ती, महादेवटोल, पदमपुर र धामीटोल, वडा नं. ८ का बनगाउँ, फाटा, अर्नुवा, बटनपुर, सूर्यपुर, कालमाटी-कमलगाउ लगायत को क्षेत्रमा बाढीको उच्च जोखिम छ । वर्षाका कारण कैलालीका अधिकांश किसानले काटेको धान पनि नष्ट भएको जानकारी दिनु भएको छ ।

पश्चिम तराईका जिल्लाहरूमा पानी र वाढीले पाकेको धानवालीमा ठुलो क्षती पुर्‍याएको छ।

l

कर्णालीमा मंगलवार दिनभरी पानीको सतह खतराको संकेत भन्दा माथी बगिरहेको कर्णाली स्थित जल मापन केन्द्रले जानकारी दिएको छ।

त्यसैगरी महाकाली नदि पनि मंगलवार दिनभरी खतराको संकेत भन्दा माथी नै बगिरहेको र महाकाली पारिका दोधारा चाँदनी क्षेत्रको भौतिक संरचनामा क्षती पुर्‍याएको रिपोर्ट प्राप्त भएको छ ।

उता पूर्वी नेपालमा रहेको नेपालको सबैभन्दा ठुलो नदि कोशी नदिको तमोर नदिमा आएको बाढीले चेतावनी को संकेत गरिरहेको छ।