सल्यान: आफ्नै श्रीमतीको हत्या गर्ने कबिराम पक्राउ

३ कात्तिक,सल्यान / आफ्नै श्रीमती हत्या गरेको अभियोगमा सल्यान, कुमाख गाउँपालिका-५ तिमिले बस्ने ४७ वर्षीय कबिराम खड्कालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको कारण मादक पदार्थ सेवन गरी कबिरामले आफ्नै श्रीमती ४२ वर्षीया कली खड्कलाई धारिलो हतियार (बसुलो) प्रहार गर्दा कलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनाको जानकारी प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय सल्यान र ईलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीले घटनास्थलमा पुगेर अभियुक्त कबिराम खड्कालाई  पक्राउ  गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यान जानकारी दिएको छ ।