रोल्पाको रुन्टिगढी, राम्लिमा गोरु काटेको अभियोगमा १३ जना पक्राउ

 

३ कात्तिक, रोल्पा/  रोल्पाको रुन्टिगढी गाउँपालिका वडानम्बर १ लापालमा रुन्टिगढीकै राम्लि बस्ने २० वर्षीय आकाश घर्ति लगायत १३ जनालाई गोरु काटेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

रोल्पाको ईलाका प्रहरी कार्यालय होलेरीबाट गएको प्रहरीले करिब ८० केजी गोरुको मासु भागबण्डा गरिरहेको अवस्थामा अभियुक्तहरुलाई रंगेहात फेला पारी पक्राउ गरेको जनाएको छ । उक्त घटना सम्बन्धमा रोल्पा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।