३ कात्तिक, नेपालगञ्ज/ गत आईतबार देखि आएको अविरल बर्षाका कारण आएको बाढी र पहिरोले मुलुकका विभिन्न जिल्लामा बुधबार बिहान सम्मको प्राप्त जानकारी अनुसार ३६ जनाको मृत्यु भएको छ भने ४३ जना बेपत्ता भएका छन।
नेपाल सरकार गृह मन्त्रालय अन्तरगतको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेका अनुसार मन्त्रालयलाई बुधबार बिहान सम्म प्राप्त तथ्यांक अनुसार देशका बिभिन्न भागमा गरी ३६ जनाको मृत्यु, ४३ जना बेपत्ता र २२ जना घाइते भएका छन भने अरबौंको क्षती भएको बिवरणहरु प्राप्त भईरहेको जानकारी छ।
बुधबार बिहान सम्मको प्राप्त विवरण अनुसार इलाममा १२ जना पाँचथरमा ७ जना, डोटीमा ७, धनकुटामा ६ जना, सुनसुरीमा २ जना, कालीकोटमा १ जना, डडेलधुरामा १ जना सहित ३६ जनाको मृत्यु भएको भईसकेको छ। पहिरोमा परेर हुम्लामा ६ जना, बझाङमा २३जना , कैलालीमा ४ जना पांचथरमा २ जना सहित विभिन्न जिल्लाका गरि हाल सम्म ४३ जना बेपत्ता भएका जानकारी आएको र विभिन्न जिल्लामा गरि करीब ७०० जनाको उद्धार गरिएको छ ।
बाढी, पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला बढी प्रभावित भएका छन । नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै रहेको जल तथा मौसम बिभागले जनाएको छ ।
हाम्रो संरचना । ३ कार्तिक २०७८, बुधबार १४:३६