हाम्रो संरचना बुधबार, मंसिर २२, २०७८ 173 Views

 

भक्तपुर, ४ कात्तिक/ गएराती नेपाल प्रहरीले स्रोत नखुलेको ८० लाख सहित १ जनालाई पक्राउ गरेको छ ।
भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका वडानम्बर १ लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रूपैयाँ सहित काठमाडौं कोटेश्वर बस्ने बाग्लुङ जिल्ला गल्कोट नगरपालिका वडानम्बर १० पाण्डवखानी घर भएका ३६ वर्षीय चित्र बहादुर पुन मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

भक्तपुरको लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोवार भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चित्र बहादुर पुनलाई बा.४९ प. ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रूपैयाँ सहित नियन्त्रणमा लिई अनुसन्धानको क्रममा पुनको कोठा तलासी गर्दा थप नगद ५० लाख रूपैयाँ फेला पारेको हो ।
पैसा सहित पक्राउ परेका पुनलाई आवश्यक कारवाहीको लागि सम्पत्ति शुद्धिकरण बिभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।