कोहलपुरवाट ३ लाख ५० हजार सहित ७ जुवाडे पक्राउ

 

११ कार्तिक, कोहलपुर/ दशैं र तिहारको समयमा जुवाको अड्डा बन्दै आएको बाँकेको कोहलपुर क्षेत्रको ग्रामिण क्षेत्रमा सञ्चालन भइरहेको जुवाडेहरुको अड्डामा कोहलपुर प्रहरीले गएराती छापा मारी ३ लाख ५० हजार रुपैया सहित ७ जना जुवाडे पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले कोहलपुर नगरपालिका वडा नम्बर ८ झरकट्टी भन्ने ठाउँ को जंगलमा चारैतिर राखिएका रेकि हरुलाई समेन छक्काएर गएराती १२:३० बजे जुवा अड्डामा छापामारेर स्थानिय ७ जना, तासको गड्डी र तिनिहरूबाट ३ लाख ५० हजार नगद सहित पक्राउ गरी कार्वाही प्रक्रिया अगाढी बढाईएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरिक्षक रविन्द्र खनालका अनुसार खुफिया सूचनाको आधारमा जुवा भइरहेको ठाउँमा छापामारी जुवाडेहरुलाई नियन्त्रणमा लिइएको र तिनिहरु माथी आवश्यक अनुसन्धान सहित कार्वाही प्रक्रिया अगाढी बढाइएको बताउनु भएको छ।