नेपालगञ्जमा निर्वाचन उन्मुख ३ दिन गोष्ठी सुरु

११ कार्तिक, नेपालगञ्ज/ राष्ट्र निर्वाचन उन्मुख तर्फ गएको झल्को दिनेगरी नेपालगञ्जमा बुधवार देखी ३ दिने निर्वाचन कार्यशाला गोष्ठी सुरुभएको छ ।

नेपालगञ्जको सिदार्थ होटेलमा भएको उ क्त कार्यशाला गोष्ठीमा लुम्बिनी, कर्णाली र प्रदेशका २७ जिल्लाका निर्वाचन कार्यालय प्रमुखहरुको सहभागीता रहेको छ ।

निर्वाचन आयुक्त जानकी तुलाधरको उपस्थितमा सञ्चालन हुने ३ दिने गोष्ठीमा आगामी सम्भावित निर्वाचनलाई लिएर कार्यपत्र प्रस्तुती तथा छलफल कार्यक्रम रहेको बताइएको छ ।