सर्वोच्चका २ जना माननिय न्यायाधीस नेपालगञ्जको जमुनहा नाकाबाट भारत तर्फ प्रस्थान

सर्वोच्च अदालत

१० कार्तिक, नेपालगञ्ज/ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वको क्षमतामाथि प्रश्न उठाउँदै सोमबार र मंगलबार इजलासमा नजानु भएका न्यायाधीशहरूको बुधबार बिहानै देखी सर्बोच्चमा बैठक तथा छलफल चलिरहेको छ भने जिल्ला भ्रमणमा निस्कनु भएका सर्बोच्चका केही न्यायाधीशहरु भटाभट बिरामी परेर उपचारका लागि भारतको लखनउ तर्फ लाग्न थाल्नुभएको छ ।

जिल्ला अवलोक भ्रमणमा निस्कनुभएका माननिय न्यायाधीसहरु सपना मल्ल प्रधान र अनिल कुमार झा बुधबार बिहान नेपाली सेनाको पुमा हेलीकोप्टरबाट नेपालगञ्ज आएर उपचारको लागि भारतको लखनउ तर्फ लाग्नु भएको छ ।

बुधबार बिहान सेनाको हेलीकोप्टर मार्फत बझांगबाट माननिय न्यायाधीस अनिल कुमार झा र अक्षामबाट माननिय न्यायाधीस सपना मल्ल प्रधान नेपालगञ्ज आएर नेपालगञ्जको धम्बोजी चौकमा रहेको खनाल होटेलमा खाना खाएर उपचारको लागि भारत तर्फ लाग्नुभएको हो ।

जिल्ला अदालत तथा अन्य न्यायीक निकायहरुका काम कार्बाहीका बारेमा अध्ययन/अवलोकन गर्न निस्केको समयमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बिरोध गदै इजलास बहिस्कार गर्नुभएका माननिय न्यायाधीसहरुको पहलकदमीलाई थप बल पुग्ने गरी उपचारका लागि भन्दै माननिय न्यायाधीस द्वय भारत तर्फ प्रस्थान गर्नुभएको छ ।

दुबै जना एकै समयमा सग-सगै अलग-अलग भारतिय नम्बर प्लेटको गाढीमा भारतको लखनउ तर्फ लाग्नुभएको इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज मिन बहादुर बिष्टले पुष्टी गर्नुभएको छ ।