सल्यानको कपुरकोटमा बस दुर्घटना ८ जनाको मृत्यु २६ जना घाईते

२१ कार्तिक, नेपालगञ्ज/ सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आईतबार बिहान कपुरकोट गाउँपालिका-५ स्थित खारखोलामा नजिकै दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

सल्यानको खलंगाबाट आइतवार बिहान हिडेको बस आईतबार बिहान ११ बजेतिर सल्यानको कपुरकोट गाउँपालिका-५ स्थित खारखोलामा दुर्घटना भएको हो ।

सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाका अनुसार उक्त बस दुर्घटनामा ६ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा मृत्यु भएको हो ।

बस सडकबाट करीब २०० मिटर तल खसेर दुर्घटना भएको र घाइतेहरूलाई उपचारका लागि सल्यानकै श्रीनगर लिइएको प्रहरीले जनाएको छ ।