# कृष्ण खनाल#
२९ कार्तिक, नेपालगञ्ज/ तपाईलाई जागिर चाहिएको छ ? चाहिएको छ भने नेपालगञ्ज उप-महानगरको गेष्ट हाउस परिसरमा रहेको शहरी बिकास तथा भवन कार्यालयका प्रमुख रामआश्रय शाहलाई भेट्नुस खुश पार्नुहोस अनि नियुक्त पत्र लिएर जागिर खानुहोस ।
विगत देखी नै यस्तै गर्दै आईरहेको पाइएको छ नेपालगञ्ज स्थित लुम्बिनी प्रदेश अन्तगतको शहरी बिकास तथा भवन कार्यालयका प्रमुख रामआश्रय शाहले ।
जनताको रगत पसिना एक गरेर राजश्व मार्फत नेपाल सरकारले संकलन गरेको पैसामा रजाई गर्दै आइरहेका केही घटिया मानसिकता बोकेका ब्यक्तिहरुले सार्वजनिक सेवामा विधि र प्रक्रिया नपुर्याएर मनलाग्दी आपनो पकेटको भएजसरी जागिर बाँड्दै आएको पाइएको छ।
त्यसका लागि भए गरेक ऐन-नियम कानुन लत्याएर विधि पक्रिया नपुर्याएर प्रदेश कार्यालयका केही कुसित मनसाय का ब्यक्तिसँग मिलेर आफु मनलाग्दी कर्मचारी भर्ना गरेर लोभलालच मा आपनो पदको दुरुपयोग गर्दै आएको पाइएको हो।
महोत्तरी घर भई लुम्बिनी प्रदेश अन्तगतको शहरी बिकास तथा भवन लामो समयदेखी कार्यालय प्रमुख चलाउदै रामआश्रय शाहले नियमित आफुलाई खुश पार्दै आएका करार तथा अस्थायी कर्मचारीहरूको करार सम्झौता थप्दै जाने र वाध्यतावश खुशी पार्न नसकेका कर्मचारीलाई फायर गरेर आफनो स्वार्थ बमोजिम पकेटबाट झिकेर हायर गर्ने गरेको उक्त कायालयमा गरिएको अध्ययन अनुगमनले देखाएको छ ।
लुम्बिनी प्रदेश अन्तगतको शहरी बिकास तथा भवन कार्यालयमा आवशयक पर्ने जनशक्तिको सम्बन्धीत मन्त्रालयमा दरवन्दी थप तथा बजेटको समेत ब्यवस्था गर्न लगाएर कुनै सार्वजनिक विज्ञापन बिनानै आफु खुशी पारिएपछी कर्मचारी भर्ना गर्ने शहरी बिकास तथा भवन कार्यालयका रामआश्रय शाहले हालै मात्र विधि र प्रक्रिया विनानै करारमा ७ जना कर्मचारी नियुक्त गर्नुभएको छ ।
नियुक्त गरीएका हरुमा रौतहट तिरकै सातौं तहको तलब स्केल खाने गरी इन्जिनियर उपेन्द्र कुमार शाह, सव ओभासियर रौतहटकै रमेश शाह र बर्दियाका मिसन चौधरी रहेका छन्।
त्यसैगरी सहायक ओभरसियर रमेश चौधरी, जुक राम थारू तपेन्द्र बिसी छन भने कार्यालय सहयोगीमा बिशाल लखेर रहेका छन ।
ऐन नियम उल्घंन गर्नेलाई कानुनी दायरामा ल्याउने निकायहरू पनि हाल रामआश्रय शाहले जति ऐन नियम मिचेपनि कानुनी दायरामा ल्याउने निकाय अख्तियार पनि कानमा तेल र आँखामा पट्टी बाँधेर वस्त पनि मिल्दैन ।
उक्त गैर कानुनी तरिकाले कर्मचारी भर्ना सम्बन्धी बुझन खोज्दा कार्यालय प्रमुख रामआश्रय शाह लामो समयदेखी घर विदा गएकाले सम्पर्क हुनसकेन ।
हाम्रो संरचना । २९ कार्तिक २०७८, सोमबार १३:१८