विभिन्न राष्ट्रिय कृतिमानीहरुको उपस्थितमा शनिबार नेपालगञ्जमा म्याराथन 

२ मंसिर, नेपालगञ्ज/ नेपालका विभिन्न राष्ट्रिय कृतिमानी व्यक्तित्वहरुको सहभागितामा शनिबार बिहान नेपालगञ्जमा ७ औं राष्ट्रिय नेपालगञ्ज म्याराथन आयोजना हुनेभएको छ।

२०६३ साल मंसिर ५ गते नेपालमा भएको विस्तृत शान्ती सम्झौता भएको दिनलाई सम्झना र सकारात्मक रुपमा लिदै नेपालगञ्जको क्रिएटिभ ह्यान्डसको आयोजना र क्रिएटिभ नेपालगञ्ज मिडिया एण्ड इभेन्टसको ब्यवस्थापनमा विभिन्न निजि क्षेत्रको सहयोगमा यस पटकको नेपालगञ्जमा ७ औं राष्ट्रिय नेपालगञ्ज म्याराथन सम्पन्न हुने भएको हो ।

शनिबार सम्पन हुने म्याराथनमा विभिन्न १० बिधामा नगद पुरस्कार गर्ने गरी आयोजकले तयारी गरीरहेको आयोजक संस्थाका संस्थापक अध्यक्ष टीएस ठकुरीले विहिवार नेपालगञ्जको सोल्टी होटेलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको छ ।

यस पटकको म्याराथनमा विजेतालाई १ लाख र उपविजेता लाई ५० हजार, तृतियलाई २५ हजार, चौथोलाई १५ हजार, पाचौंलार्ई १० हजार, छटौंलाई ८ हजार, सतौ लाई ७ हजार प्रदान गरिने भएको छ ।

महिला तर्फ हाफ म्याराथन बिजेता ले ५१ हजार र उप-विजेताले २५ हजार तेस्रोले १५ हजार गरी क्रमश सातौं हुने लाई पनि नगद पुरस्कारको ब्यवस्था गरिएको छ।

१० किमी खुल्ला पुरुषतर्फ प्रथम हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार तथा महिला ५ किमी खुलातर्फ प्रथमले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार पाउनेछन् ।

त्यैगरी स्कुल लेभल छात्र ५ किमीमा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार तेस्रो हुनेले ५ हजार पाउनेछन् भने ३ किमी छात्रा स्कूलतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले पाँच हजार तेस्रोने ३ हजार पाउनेछन् ।

स्वीलचेयरतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजारबाट पुरस्कृत हुनेछन् । किड्स रन तथा कर्पोरेट रनतर्फ भने पदक तथा उपहार प्रदान गरिनेछ । वाकाथनमा सबैलाई सोलिडारिटीका लागि सहभागि गराइनेछ ।

पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव भिम वली र म्याथन प्रयाजोकहरुको तर्फवाट नेपालगञ्ज स्थित केएल दुगद का प्रवन्धक प्रदिप छाजेड लगायतले बोल्नु भएको थियो ।

म्याराथनमा राष्ट्रिय कृतिमानीहरू महानायक राजेश हमाल, पर्वतारोही पूणिमा श्रेष्ठ, साहित्यकार नयनराज पाण्डे, अन्तराष्ट्रिय धावक बैकुण्ठ मानन्धर, दीपक श्रेष्ठ, लगायतका व्यक्तिहरुको सहभागिता रहने भएको छ।