बांकेको राप्तीसोनारीबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

८ मंसिर, नेपालगञ्ज / बांकेको राप्ती सोनारी गाउँपालिका-५ बिनौना बस्ने ५० वर्षीय चक्र बहादुर थारुलाई लागूऔषध मुद्दाका फरार प्रतिवादीको रुपमा मंगलबार बांके प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला अदालत बाँकेको २०७७ माघ २२ गतेको फैसलाले लागूऔषध मुद्दामा १० महिना ५ दिन कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।