नेपालगञ्जबाट गएको बस जाजरकोटमा दुर्घटना: ५ जनाको मृत्यु कम्तीमा २५ जना घाइते

१२ मंसिर, नेपालगञ्ज/ शनिबार साँझ बाँकेको नेपालगञ्जबाट जाजरकोटको हुँदै रुकुमको राडिबजार तर्फ गइरहेको ना६ख २७५७ नम्बरको यात्रु बस राति साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका वडानम्बर १३ कुदुमा दुर्घटना हुदा आईतवार विहान सम्म ५ जनाको मृत्यु भएको छ भने कम्तीमा २५ जना घाईते भएका छन ।

दुर्घटनास्थल जाजरकोट जिल्लाको सदरमुकाम खलंगा देखी करीब ११ किलोमिटर पश्चिममा रहेको र बस सडकबाट करीब दुई सय मिटर तल खसेको बताइएको छ ।

घाईतेहरुको जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भीक उपचार पछी थप उपचारको लागि हेलिकोप्टरबाट नेपालगञ्ज ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी . जाजरकोटका प्रमुख, डीएसपी मधुकुमार थापाले जानकारी दिनुभएको छ ।

बस दुर्घटनाको कारण खुलेको छैन । चालक प्रहरी नियन्त्रणमा रहेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।