बांकेका गैरकानुनी क्रसर र सञ्चालनको नाम नम्बर समेत

१४ मंसिर, नेपालगञ्ज/  राज्यलाई बार्षिक २५ करोड भन्दा बढी राजश्व छली गरेर गैर कानुनीरुपमा मनपरी तरिकाले नदिजन्य पदार्थमा रजाई गरिरहेको सेटिंग च्यानलले यस बर्ष पनि मनपरी नै गर्ने गरि अगाढी बढेको देखिन्छ ।

आज भन्दा करीब १० बर्ष अघि ततकालिन जिल्ला बिकास समिति बांकेबाट नदिजन्य पदार्थमा बार्षिक २४ देखी २८ करोड सम्म ठेक्कामा राजश्व उठने गरेकोमा बिगत केही बर्ष यता मिलेमतोमा राज्यलाई करोडौ घाटा लगाएर केही स्थानिय निकायका जनप्रतिनिधिहरु समेतको प्रत्यक्ष संलग्नतामा नदिजन्य पदार्थको मनपरी उत्खनन, संकलन र प्रशोधन गरि राज्यलाई चुना लगाउने काम हुदै आएको छ ।
उक्त घटनामा तै चुप मैचुप हुदै आएको अवस्था रहेको छ भने त्यसरी नदिजन्य पदार्थहरु संकलन गरेर उद्योगको नाममा कानुन बिपरित मिलेमतोमा दर्ता भएका र हाल नबिकरण समेत नभएका क्रसर उद्योग मार्फत राज्यलाई नोक्सान पुयाउदै आएका छन ।

बांकेमा नदिजन्य पदार्थ उत्खनन, संकलन तथा प्रशोधन कार्यबिधि ऐन २०७७ बिपरित कार्बाहीका दायरामा ल्याउनुपर्ने देखिन्छ भने केही सञ्चालकहरुको सम्पती विवरण समेत नियमन गर्नुपर्ने देखिन्छ ।

बांकेका गैरकानुनी क्रसर र सञ्चालनको नाम नम्बर समेत……

crosser1

वाँकेका गैरकानुनी क्रसर हरु…

 

कार्यन्वय गर्नेहरु द्वारा अटेरी… हालसम्म कुनै निकायले निर्णय कार्यन्वय गरेको पाईएको छैन ।