बांकेमा नदिजन्य पदार्थको दोहन र अबैध क्रसर सञ्चालकहरुलाई कार्बाही गर्न अख्तियारको परिपत्र

 

बांकेमा अबैधरुपमा सञ्चालमा रहेका क्रसर उदोग र तिनका सञ्चालकहरुको नाम नम्बर समेत…

२३ मंसिर, नेपालगञ्ज/  पैसा देखेपछी महादेवका पनि तिन नेत्र भने झै, पैसा भएपछी जे पनि गर्न पछी नपर्ने बांके स्थित सेटिंग टिमले आपसी मिलमतो गरेर बांकेमा नदिजन्य पदार्थको गैर -कानुनी रुपमा नदि-नालाहरुको जथाभाबी दोहन र तस्करी गरिरहेकोमा अख्तियारको आंखा त्यस तर्फ गएको पाइएको छ ।

नदिजन्य पदार्थहरुलाई मनि र मसलको भरमा बांकेका बिभिन्न ठाउंमा सञ्चालनमा रहेका क्रसर उद्योग तथा जंगलमा घाटगद्धि गरेर उक्त अबैध नदि जन्य पदार्थलाइ पूर्व स्वीकृत नलिइएको अबैध नक्कली भ्याट बिल काटेर बैध भएको जस्तो देखाएर जनताको आंखामा धुलो छोप्न खोज्नेहरुलाई तिनिहरुकै आंखामा अब अख्तियारले छारो हाल्ने सम्भावना बढेर गएको छ ।

अबैध नदि दोहन तथा गैर कानुनीरुपमा क्रसरहरु सञ्चालनका बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्ज स्थित सम्पर्क कार्यालय मार्फत २०७८ साल भदौ ५ गते उजुरी दर्ता भएको बिषयमा अख्तियारले परारम्भीक छानबीन तथा अनुसन्धान गरि कार्बाहीका लागी प्रक्रिया अगाढी बढाइएको थियो ।
सोही छानबीन र अनुसन्धानको रिपोर्टको आधारमा बांकेमा नदिजन्य पदार्थको तस्करी र बांकेमा हाल सञ्चालनमा रहेका १६ वटा क्रसर उद्योगहरु गैर-कानुनी तरिकाले आपसी मिलेमतोमा सञ्चालनमा पाइएकोले त्यस्ता मिलेमतो गर्ने जिल्ला समन्वय समिती बांकेका सदस्य तथा पदाधिकारीहरु, आन्तरिक राजश्व कार्यालय, नेपालगञ्ज राजश्व अनुसन्धान कार्यालय कोहलपुरलाई कार्बाहीको दायरामा ल्याउन नेपाल सरकारलाई सिफारिस गरेको छ ।

हाम्रो संरचनालाई प्राप्त गोप्य रिपोट अनुसार गैर कानुनी कार्य नियमन गर्नुको सटटा  प्रलोभनमा परी गैर कानुनी काम गर्न उक्साउने जिल्ला समन्वय समिति, आन्तरीक राजश्व कार्यालय, नेपालगञ्ज र राजश्व अनुसन्धान कार्यालय कोहलपुरको मिलेमतोमा बांकेका नदिहरुबाट नदिजन्य पदार्थको तस्करी र १६ वटा क्रसरहरु सञ्चाल भएको पाईएकोले ति सबैलाई कानुनी दायरामा ल्याउन अख्तिायरले प्रत्राचार गरिसकेको पाईएको छ ।

अख्तियारले राज्यका नियामक निकायहरुबाट नै त्यस्ता अबैध धन्दा सञ्चालनका लागी मिलेमतो गरेको देखिएकोले त्यस्ता नियामक निकायहरुलाई कार्बाही गर्न गत २०७८ साल भदौ १७ गते नै पत्राचार गरेकोमा कार्बाही नगरेकोमा राज्यका जिम्मेवार निकायलाई पुन: स्मरण गराएको पाइएको छ ।

बांकेमा नदि जन्य पदार्थको उत्खनन, ठेक्का प्रक्रिया, ओसारपसार र क्रसरहरु सञ्चालान बिधि र प्रक्रिया लत्याएर अबैध तरिकाले क्रसर उद्योगको नाममा अबैध धन्दा मौलाएको भनी त्यस्ता धन्दावालहरुलाई कार्बाही गरि पाउन परेको अजुरीका बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय टंगालले बढी चासोका साथ हेरेको पाइएको हो ।

बांकेका क्रसरहरुको जिल्ला स्थित समन्वय समितिले समेत पटक–पटक गरेको अनुगमनको क्रममा गैर कानुनी प्रक्रिया र बल मिचाइ गरि मनि र मसलको आधारमा क्रसरहरु सञ्चालन गरेर प्रकृतिको दोहन गरिरहेकोले भन्ने लगायतको उजुरीमा छानबीन अगाढी बढाएको थियो ।

बांकेको राप्ती तटिय इलाका र त्यस वरपरका अन्य साना तथा ठुला नदि नालाहरुबाट अबैध तरिकाले मनपरी नदिजन्य पदार्थ उत्खनन, ओसारपसार गरि जंगलमा, क्रसर उद्योगहरुको नाममा घाटगद्धी गर्नेे र आन्तरिक राजश्व कार्यालयबाट स्वीकृत नलिएका नक्कली भ्याट काटेर क्षलछाम गर्ने देखीे प्रकृतीको जथाभाबी दोहन गरेर राज्यलाई अपुरणिय क्षतीका साथ बार्षिक करीब ३० करोड बढीको क्षती भएको प्ररारम्भीक अनुसन्धानबाट खुलेको छ ।

बांकेमा हाल बिगतमा अमानत र ठेक्कामा कार्य गरि सकेपछी नदिजन्य पदार्थको अबैध भण्डार गरेकोमा असार मसान्त भित्र उक्त नदिजन्य पदार्थको जफत गरि बिक्री बितरण गर्नुपर्नेमा सम्वन्धति पालिकाहरुले त्यस्तो नगरेर आपसी मिलेमतो गरेकोले त्यस्ता निकायमा कार्यरत ब्यक्तीहरुलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने अवस्था रहेको छ ।