मा.बि. पछी २५ सय ९८ नि.मा.वि. शिक्षकका लागि पनि विज्ञापन खुल्यो….

२५ सय ९८ निमावि शिक्षकका लागि  विज्ञापन  Clicks here…..

 

 

७ पुस, नेपालगञ्ज/  शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी तहको शिक्षक पदको लागी बुधबार विज्ञापन सूचना जारी गरेको छ ।

देशभरीबाट २ हजार ५ सय ९८ शिक्षकका लागि आयोगले विज्ञापन खुलाएको हो । इच्छुक उम्मेदवारले माघको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

आयोगले माध्यमिक तहमा गत मंसिर २९ गते नै विज्ञापन गरिसकेको छ र माध्यमिक तहमा पुस २९ सम्म तोकिएको दस्तुर र माघ ६ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने छ । मावि तहको परीक्षा आगामी चैत १५ गतेलाई तोकिएको छ । प्रावि तहको शिक्षक पदको विज्ञापन पनि पुस १५ भित्र प्रकाशन हुने बताइएको छ ।