नेपालगञ्ज यातायातमा लाइसेन्स वितरण सेटिङ्‌को पर्दा च्यातियो 

७ पुस नेपालगञ्ज/ यातायात ब्यवस्था कार्यालय नेपालगञ्ज बाँकेमा पनि पुन: ड्राइभिङ्ग लाइसेन्स परिक्षामा सेटिंङको हल्ला लाई पुष्टि गर्दै बुधवार विहानको एक घटनाले सेटिङको जालोको पर्दा च्यातिदिएको छ ।

मोटर ड्राईभिङ्ग इन्स्टिच्यूटको नाममा लाइसेन्स वितरणमा असुली धन्दाको रेकेट चलाउनेहरु लाई दलालको रुपमा समेत प्रयोग गर्दै यातायात ब्यवस्था कार्यालय भेरीमा संस्थागत भ्रष्टाचारको मुद्दामा यस अघि १४ जनालाई अख्तियारले मुद्दा चलाइसकेको अवस्थामा पनि त्यहाँ कार्यरत केही कर्मचारीहरु “हम नही सुध्रेगे ” अवस्थामा रहेको घटनाक्रमले देखाएको छ ।

 

छुटपुट-मौंका ट्राइल परिक्षाका नाममा पहिलो पटक सेटिङ्गमा परेका तर नाम निकाल्न हम्मे हम्मे परेकाहरू लाई पुन ट्राइलको नाममा ट्राइल परिक्षामा उपस्थित नै नभएका ब्यक्तीहरू ट्राइल पास गरेको पाइएपछी सेटिङ्को पर्दा च्यातिएको हो ।

 

बुधवार विहान कोहलपुर को बर्दहवा स्थित ट्राइल सेन्टरको परिक्षा विवरण अनुसार उपस्थित नै नभएका तर हाजिरी रजिष्टरमा नाम लेखिएका ३ जना ब्यक्ति ट्राइल पास भनी हाजिरी रजिष्टरमा लेखिएपछी लाइसेन्स वितरणमा गुल्मेली मिलेमतोको घोटला बाहिर आएको ह्रो ।

लाइसेन्सको ट्राइल परीक्षामा नआएका तर हाजिरी रजिस्टरमा नाम लेख्ने कृतिम हस्ताक्षर गरेर पास गरेको विवरण तयार गरेर भित्रवालाले ८/१० हजार मोटरसाइकलको गाढीको २० देखि २५ हजार र दलालहरुले त्यसमा आपु मनलागी थपेर लिने यातायात कार्यालयमा एक किसिमको रोग नै रहेको घटनाक्रमले उजागर गर्दै गइरहेको छ।

बुधवार विहान हाजिर नभएका तर ट्राइलमा पास भनी लेखिएका ब्यक्तिहरुमा दर्ता नं ९४ भएका राम जि सी,

दर्ता नं १०२ भएका राजु पुन मगर र दर्ता नं २६ भएका हर्सिन जैन रहनु भएको छ ।

३ नै जनाकाे आज बुधवार भएको मोटरसाइकलकाे ट्रायल पास गरेको तर हाजिर रजिस्टरमा ति ब्यक्तीहरू उपस्थित भएको कहि कतै निस्सा प्रमाण र हाजिरी रहेको पाइएको छैन। तर ति ब्यक्ति पास भएको बिषयमा  गाइएगुइए भएपछी गुल्मेलीहरुको टाउँको दुख्न थालेको ले त्यसको उपचारका लागी ति ब्यक्ति हरुको ब्यापक खोजी भईरहेको पाइएको छ ।