सामाजिक परिवर्तनकालागि जुम्लामा युवा परिचालन


१३ पुस, जुम्ला/  जुम्लाको चन्दननाथ नगरपालिका जुम्ला बजारमा सामाजिक ब्यवहार परिवर्तन तथा कोभिड १९ बिरुद्ध सचेतना अभियानका लागि युवा परिचालन गर्न बिशेश अनुशिक्षण सञ्चालन गरिएको छ ।

युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालीत विकासका लागि सञ्चार कार्यक्रम अन्तरगत युवा समुह गठन गरि क्षमता अभिबृद्धीका लगि एक दिने अनुशिक्षण गरिएको छ ।

चन्दननाथ नगरपालिकाले सञ्चालन गरिरहेको शतप्रतिशत कोभिड १९ खोप अभियानमा सहयोग गर्ने, नगरपालिका तथा बिद्यालयहरुमा ब्यवहार परिवर्तनका लागि अभियान सञ्चालन गर्ने, मास्क अभियानलाई तिब्रता दिने, बालवालिका तथा महिलाहरुको संरक्षणका लागि विभिन्न अभियान सञ्चालन गने उद्धेश्यले युवा समुह गठन गरि अनुशिक्षण गरिएको हो ।

अभिमुखिकरणमा कोभिड १९ सक्रमणको रोकथाम प्रभावकारी उपाय, जनस्वास्थ्यका मापदण्डहरुको सहि पालना, ब्यवहार परिवर्तनका लागि युवाहरुको भुमिका, प्रभावकारी सञ्चार लगायतका विभिन्न बिषयमा युनिसेफ नेपालका कार्यक्रम अधिकृत प्रकाश आचार्यले अनुशिक्षण सहजिकरण गर्नुभएको थियो ।

अनुशिक्षण मा बाल संरक्षण, लैगिक हिंसा न्युनीकरण तथा चन्दननाथ नगरपालिका महिला तथा वालवालिका शाखाले गरिरहेका क्रियाकलापका बिषयमा महिला तथा वालवालिका शाखा प्रमुख पुष्पा थापाले जानकारी गराउनुभएको छ ।

अनुशिक्षण पश्चात सहभागि युवाहरुले कोभिड १९ बिरुद्धको अभियान, प्रभावकारी सञ्चार तथा ब्यवहार परिवर्तनका बिषयमा सिकेको कुरालाई अभियानको रुपमा समुदायमा लैजाने बताउनसभएको छ । आवश्यकता अनुसार जुनसुकै समयमा पनि काम गर्न तयार रहने अनुशिक्षण पश्यात सामूहिकरुपमा युवाहरुले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

जुम्लाको चन्दननाथ नगरपालिकनका १४ जना युवाहरुको सहभागिता रहेको अनुशिक्षण मा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि बासका कार्यक्रम संयोजक हेमराज भट्टले गर्नुभएको तथा कार्यक्रम सञ्चालन कार्यक्रम अधिकृत धिरेन्द्र बहादुर भामले गर्नुभएको थियो ।