नेपालगञ्ज फुलटेक्राका गौरबका नाममा अक्षय कोष स्थापना

स्वर्गिय गौरब ।

१४ पुस, नेपालगञ्ज/  नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ४ फुलटेक्राका २३ वर्षको कलिलो उमेरमा नै गौरव शाहले यस संसारबाट बिदा लिएपछी उहांको आत्माका शान्तीको कामना गर्दै निजका मातापिताले गौरबको सम्झनामो मंगलबार बिधिवतरुपमा “गौरब स्मृति अक्षय कोष” स्थापना गर्नुभएको छ ।

विक्रम संवत् २०५५ पुस १३ गते बुबा प्रदीप साह र माता रिता साहको कोखबाट जन्मिनुभएका स्वर्गिय गौरबको सम्झनामा स्थपना गरिएको उक्त अक्षयकोषबाट प्राप्त हुने लाभांशबाट प्रत्यक बर्ष गरिब निमुखाहरुको सेवामा सर्मपित गर्ने जानकारी दिइएको छ ।

सानो उमेरमा नै सामाजिक कार्यमा सक्रिय रहर्दै पछील्लो पटक बि योर सेल्फ नामक संस्था स्थापना गर्नुभएका गौरबले छोराले स्वयम सेवाको रुपमा सामाज सुधार लागी गरेको पहललाई सार्थकरुप दिन छोराहरुको टिमले हेर्ने र आफुहरुको संरक्षण गर्नेग हाल ७ लाख रुपैयाको छोरा गौरबको नाममा अक्षय कोष स्पना गरिएको र पछी छोराको टिमले त्यसलाई बढाउदै लैजान सक्ने पनि गौरबका पिता प्रदिप शाहले बताउनुभएको छ ।

स्वर्गिय गौरबको अगुवाईमा १० जना युवाहरुको टिमले बिक्रम सम्बत २०७६ सालमा स्थापना गरिएको “बि योर सेल्फ” नामक संस्था मार्फत आन्तरिक स्रोत जुटाएर २० वटा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका थिए ।

फुटपाथमा रहेका बृद्ध तथा अशक्तलाई थोरैभएपनि खाद्य पदार्थ सहयोग, टोल छिमेकमा निशुल्क माक्स वितरण, सार्वजनिक ठाउँको सरसफार्ईे, अनाथ आश्रम र वृद्धाश्रममा रहेका व्यक्तिलाई खानेकुरादेखि लत्ताकपडा सहयोग गर्ने, छाडा चौपायालाई औषधिउपचारका काम लगायतका सेवाकारी काम गर्दैआएकोमा गौरबको केही समय असमायिक निधन भएको थियो ।