२३ पुस, नेपालगञ्ज/ बैतडी जिल्लाको सुर्नया गांउपालिकाबाट बिहिबारराती अपहरण गरि बांके जिल्लाको कम्दी स्थित राप्ती नदी बगरमा पुयाईएका शिक्षक हरिश अवस्थीलाई बांके प्रहरीको टोलीले शुक्रबार सांझ फेला पारी उद्धार गरेको छ ।
बिहिबार सांझ तपाईसंग भेटनुपर्ने थियो भनी स्थानिय तिर्थराज अवस्थी र अम्भादत्त अवस्थीले भेट गर्ने बहानामा बिप्लभ माओबादीको नाममा रहेका अन्य ६ जना समेत मिलेर आफुलाई नियन्त्रणमा लिएर अपहरण गरि बांकेको राप्ती सोनारीमा रहेको पुल नजिक रहेको एक शौचालयमा थुनेको अपहरणमा परेको शिक्षक हरिश अवस्थीको फेसबुक स्टाटस सार्वजनिक भएपछी हरिशका आफन्तले तुरुन्तै एक्सनमा उत्रिएर गृहमन्त्रालयलाई गुहार मागेका थिए ।
गृह मन्त्रालयले पनि लुम्बिनी प्रदेश प्रमुख डिआईजी प्रकाश अधिकारी कार्बाहीको लागी निर्देशन दिएकोमा प्रदेश प्रहरी डिआईजीले तुरुन्त रिजल्ट निस्कने गरि काम गर्न निर्देशन दिएको थियो ।
डिआईजीको निर्देशन बमोजिम बांके प्रहरी मार्फत अभिलम्ब अप्रेशनमा उत्रिएकोमा अपहरणमा परेका ब्यक्तीले भने बमोजिम खोजतलास तथा सर्च अप्रेशन सुरु गरेको केही घण्टामा नै अपहरणमा परेका शिक्षकलाई यो चिसो मौसममा पुरै नांगो र अचेत अवस्थामा बांकेको कम्दी क्षेत्रमा रहेको राप्ती नदि बगरमा शुक्रबार फेला पारेको हो ।
अपहरणमा पर्नुभएका शिक्षकलाई बांके प्रहरीले उद्धार गरेर भेरी अस्पतालमा उपचारको लागी शुक्रबार साँझ नै लगेकोमा उपचार तथा चेक जाँच गरी राती नै बांके प्रहरीले लिएर गएको भेरी अस्पताल स्रोत ले जानकारी दिएको छ।
बाँके प्रहरीले अपहणकारी बिरुद्धको सर्च अप्रेशन अन्तरगत चेकजांच तथा खोजतलास अभियान सञ्चालन गरेको छ ।
माओबादी बिप्लभको नाममा शिक्षक अपहरण पर्नुको कारण शिक्षक हरिशको बैनी बिबाहको लागी घरमा माग्न आएको र बैनीले नमानेपछी बिबाह नगरिदिएको लगायतका बिषयमा आरोपित गरेर धोका दिएर अपहरण गरिएको खुल्न आएको बांके सुरक्षा अधिकारी स्रोतले जानकारी दिनुभएको छ ।
हाम्रो संरचना । २३ पुष २०७८, शुक्रबार २१:०८