बांकेको राप्ती बगरमा अपहरणको नाटक गर्ने बैतडीका शिक्षक हरिश छिमेकीको हत्यामा संलग्न

हत्या गरिएका डम्बर अवस्थीको शव उत्खनन गदै बैतडी प्रहरी ।

 

१ माघ, नेपालगञ्ज / केही दिन अघि आफूलाई विप्लव समूहले अपहरण गरेको भनेर नाटक गरेका बैतडीको सुर्नया गाउँपालिका वडानम्बर ६ कलाल बसेका शिक्षक हरिश अवस्थीले आफनै छिमेक डम्मर अवस्थीको हत्या गरेको बैतडी प्रहरीले जनाएको छ ।

गएको मंसिर १४ गते देखि बेपत्ता भएका ३० बर्षीय खर्काधारका डम्मर अवस्थीको शव शिक्षक अवस्थीकै पेटबोली बयानको आधारमा अवस्थीको शव घर नजिकैको गुफामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार गत मंसिर १४ गते देखी बेपत्ता रहनुभएका डम्बर अवस्थीको शव सडेको अवस्थामा घर नजिकैको रहेको जंगलको गुफामा फेला परेको

अपहरणको नाटक गरेका हरिशले दिएको बयानमा उल्लेख गरेको स्थानको आधारमा खोजी गर्दा डम्मरको शव फेला परेको र हरिशले नै हत्या गरेको घटना अध्ययनको क्रम पाइएका तथ्य र बयानले नै पुष्टि गरेको प्रवक्ता ओझाले बताउनु भएको छ ।

डम्मरको हत्यामा संलग्न हरिश सिद्धनाथ आधारभूत विद्यालयका शिक्षक समेत हुन् । डम्मर र हरिशको घर करीब १० मिनेटको दुरीमा रहेको छ । उनीहरुको परिवारमा केही बर्ष पहिलादेखि केही खटपट रहेको र डम्मरको हत्यापछि पक्राउ पर्ने डरले हरिशले अपहरणको नाटक गरेको प्रहरीको निष्कर्ष छ ।

हरिशले किन गरे अपहरणको नाटक !

गएको मसिंर १४ गते साँझ ७ बजे खाना खाएर कोठामा सुत्न जान्छु भनेर कोठामा गएका सुर्नया गाउँपालिका ६ खर्काधारका डम्मर अवस्थी सदाका लागि अस्ताएका छन् । मंसिर १५ गते बहिनीको दाँत बनाउन उनले डडेल्धुरा अस्पताल जाने योजना बनाएका थिए । तर मंसिर १४ गते राती नै डम्मर घरबाट बेपत्ता भएपछि बहिनीको दाँतको उपचार गर्ने उनको सपना अधुरै रह्यो ।

कुरा हो २०७८ मंसिर १४ गते बेलुकीको , डम्मर अवस्थीले दिउँसो बहिनी सगं भनेका थिए भोलि बिहानै दाँत बनाउन अस्पताल जानुपर्छ है तयार भएर बस्नु । बहिनिले पनि हुन्छ भन्दै खुसि भएर सधै दुखेर पीडा दिने दाँत अस्पताल गएर उपचार हुने भयो भनेर खुसि हुँदै सुतेकि थिइन । बिहानै तयार भएर दाइलाई बोलाउन जाँदा ढोका बन्द थियो भने उनका दाई कोठामा भेटिएनन् ।

कोठामा दाई नभएको कुरा उनकी बहिनीले बुवालाई सुनाइन् बुवाले कतै गएको होला आउला भनेर भने । दिन बित्दै जाँदा डम्मर घरमा नआएपछि परिवारजनले खोजी कार्य शुरु गरे । उनको फोन मंसिर १४ गते रातीदेखि नै स्वीच भएकाले परिवारजनलाई झन् समस्या भयो ।

डम्मर अवस्थी विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता समेत थिए । परिवारलाई पार्टीलाई समेत बेपत्ता भएका डम्मरको खोजी गरिदिन आग्रह गरे । तर पार्टीले पनि आफ्नो सम्पर्कमा नरहेको भनेर घरपरिवारलाई खबर पठायो ।

बेपत्ता भएका डम्मर फेला नपरेपछि घरपरिवारले प्रहरीलाई निवेदन दिएर कल डिटेलको लागि माग गर्यो । केही दिन ढिला गरेर कल डिटेल प्राप्त भएपछि कल डिटेल हेर्दा मसिंर १४ गते बेलुकी ७ः१५ मा डम्मरको मोबाइलमा अन्तिम कल गाउँ नजिकैको नाता पर्ने हरिशा अवस्थीको भेट्टियो । सोही कलपछि डम्मर बेपत्ता भएकाले हरिशा अवस्थी प्रति संकाका घेराहरू तेर्सिन थाले ।

पिडित परिवारका अनुसार १४ मंसिरमा हराइरहेका डम्मर अवस्थीको मोबाइलमा हरिशको अन्तिम कल भएको कुरा बाहिर आएपछि हरिशले आफ्नो हाउभाउ परिवर्तन शुरु गरेका थिए ।

कल डिटेलकै आधारमा पौष १८ गते प्रहरीले हरिश र डम्मर अवस्थीको घरबाट मान्छे बोलाएर सामान्य सोधपुछ गर्यो तर हरिशले केही कुरा खोल्न मानेन । प्रहरीले बरू केही शंका भए घर नजिकैको जंगलमा खोजतलास गर्नुस भनेर दुबै पक्षलाइ घर पठायो । घर नजिकैको जंगलहरूमा खोज्दा कँहि कतै नभेट्टाएपछि थकित भएर घरमा बसेका थिए पिडित पक्ष ।

हत्यामा सलग्न हरिशले लेखेको फेसबुक स्टाटस ।

रगतले र आत्माले आफै बाटो दिन्छ भन्छन हो त्यहीँ सत्य अन्तर्गत २२ गते हरिश अवस्थीले गरेको अपहरणको नाटक नै घटना पत्ता लाग्ने मुख्य मियो बन्यो । पुस २२ गते हरिश अवस्थीले आफू अपहरणमा परेको नाटक रचे । घरबाट आँफै बाँके गएर नदी किनारमा पानीमा भिजेर मलाई विप्लवका कार्यकर्ताले निवस्त्र बनाएर कुटपिट गरि आधा घण्टाको लागि फोन दिएको छ ,आधा घण्टा पछि मलाई मार्दैछन भनेर मृतक डम्मर अवस्थीका सहोदर दाइ तिर्थ अवस्थीलाई फसाउन फेसबुक मार्फत झुटा स्ट्याटस पोष्ट गरे र प्रहरीलाई उद्धार गरिदिन आग्रह गरे ।

बाँकेबाट हरिश अवस्थीलाई प्रहरीले भिजेको अवस्थामा उद्धार गरेर सोधपुछ गर्दा कुनै कुरा पनि नबताएको र उल्टै हडबडाएको अवस्थामा देखेपछि हरिशलाई निगरानीमा राख्दै बैतडी जिप्रका पठायो । बैतडी प्रहरीले गहन रूपमा हरिशलाई केरकार गर्दा आफैले डम्मर अवस्थीलाई मारेर गुफामा पुरेको भन्ने बयान र दिएको लोकेसनकै आधारमा शव फेला परेको छ । हत्या गरिएका ब्यक्ती आफनो कार्यकर्ता भएको र हत्याराहरुको खोजी गरि कार्बाही गर्न बैतडीमा बिप्लभ कार्यकर्ताहरुले बिरोध जनाएका छन । बैतडीको दशरथचन्दबाट प्रसारित सगुन खबरको सहयोगमा लिइएको छ ।