कोरोना संक्रमण बढेपछी बाँकेको नरैनापुर गाउँपालिका बन्द

 

४ माघ, नेपालगञ्ज/ बाँकेको सवैभन्दा विकट मानिएको ठाउँ राप्ती पारी रहेको नरैनापुर गाउँपालिका आज माघ ४ गते मंगलबार देखी माघ ८ गते सम्म पूर्ण रुपमा बन्द गरिएको छ ।

राप्ती सोनारी गाउँ पालिकामा कार्यरत कोहलपुर घर भई कृर्षि शाखा प्रमुख सदन भण्डारी, कोहलपुर मदन चौक घर भएका लेखापाल प्रकाश अधिकारी र बर्दिया घर भएका आन्तरिक लेखापरिक्षक काशीराम रिजाल कोरोना पोजेटिभ भएपछी गाउँपालिका पूर्ण रुपमा बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दल वहादुर बस्नेतले जानकारी दिनुभएको छ।

गाउँपालिकामा कार्यरत अधिकांस कर्मचारी विरामी भएपछी गाउँपालिकाको आपतकालिन बैठक बसी गाउँपालिका बन्द गरिने सूचना टाँस गरिएको नरैनापुर चौकी इन्चार्ज प्रसनी फत्ते हमालले जानकारी दिनुभएको छ।