पोखरामा कार्यरत नेपाली सेनाका अमलदार नेपालगञ्ज निवासी युवतीको हनी ट्रयाप परेको आशंका

५ माघ, नेपालगञ्ज/  पोखराको बिजयपुर स्थित नेपाली सेनाको रणचण्डि ब्यारेकमा कार्यरत अमलदार जनक लामिछाने नेपालगञ्ज वडानम्बर १२ बेलाशपुर निवासी करीब ३० बर्षिय गिता बिएम नामक युवतीले हनी ट्रयापमा परेर बेपत्ता पारेको आशंका सहितको उजुरी बांके प्रहरीमा परेको छ ।

पोखरामा कार्यरत रहदा हाल बेपत्ता रहेका ओखलढुंगा जिल्ला चम्पादेबी- ४ घर भई नेपाली सेनाको पोखरा स्थित रणचण्डि ब्यारेमा कार्यरत अमलदार जनक लामीछाने गत २०७८ साल पुस ६ गते १० दिनको घर बिदा मागी पुस १५ गते सांझ ६ बजे भित्र ब्यारेकमा फिर्ता हुनुपर्नेमा हाल सम्म सम्पर्क नआएकोले जनकलाई कहि कतै कसैले भेटेमा प्रहरी मार्फत पक्राउ गर्न नेपाली सेनाले बिभिन्न सरोकारवाला निकायलाई पत्राचार गरेको छ ।

हनी ट्रयापमा परेको आशंका गरिएका नेपाली सेनाका अमलदार जनक वेपत्ता भएको परिपत्र ।

हाल बेपत्ता रहेका नेपाली सेनाका अमलदार जनका दाजू चम्पा लामीछानेले आफनो भाई हनी ट्रयापमा परेको आशंका सहित जिल्ला प्रहरी कार्यालय बांकेमा उजुरी दर्ता गराउनु भएको छ ।

हाल बेपत्ता रहेका जनक आफनो नियन्त्रणमा रहेको र केही पैसा दिएर छुटाएर लैजान भनी अरोपित केटी पक्षका भनिएका ब्यक्ती र हाल बेपत्ता ब्यक्तीले नै घरमा पटक-पटक फोन गरि पैसा समेत माग गरेपछी हाल बेपत्ता भएका नेपाली सेनाका अमलदार हनी ट्रयापमा परेको आशंका परिवारले गदै बांके प्रहरीमा उजुरी दिएको छ ।

बांके प्रहरीले उक्त घटनाको कानुनी सहायता शाखामा कार्यरत प्रहरी नायब निरिक्षक श्याम कुमार क्षेत्रीको नेतृत्वमा एक टोली गठन गरि अनुसन्धान अगाढी बढाएको छ ।

छानबीनको क्रममा केटासंग बेपत्ता रहेकी सल्यान बागचौर घर भई नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर १२ बेलासपुर बस्ने अन्दाजी बर्ष ३० को गिता बिएमका आफन्तहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको बांके प्रहरीले जनाएको छ ।

हाल सम्मको अनुसन्धानबाट बेपत्ता रहेका नेपाली सेनाका अमलदार जनक र केटी गिता बिएम बीच फेसबुक तथा अन्य बिभिन सामाजिक सञ्जाल मार्फत सम्पर्क भई केटी समेत पोखरा गएर भेटघाट भएको र पछी केटीले केटालाई नेपालगञ्ज बोलाएको समयमा गत पुस १६ गते देखी हराएकोले निजको खोजतलास गरिपाउं भनी बांके प्रहरीमा बेपत्ताका दाजु चम्पा लामीक्षानेले गत पुस २५ गते उजुरी दिएको बांके प्रहरीले सूचना दिएको छ ।

प्रहरीको अनुसन्धान र पक्राउ परेका ब्यक्तिको बयानका आधारमा केटा-केटी भारतको हरिद्वार तर्फ गएको आशंका गरिएको र हनी ट्रयाप हो की दुबै जनाको सहमतीमा हो, भन्ने एकिन नभएपनि बेपत्ता सेनाका परिवारलाई फोन गरि पैसा  माग गरेको, नत्र राम्रो नहुने धम्की दिएकाले आफन्तहरुले घटनाको सत्य तथ्य छानबीन गरि आफनो बेपत्ता भएको ब्यक्तीलाई खोजबिन गरिदिन आग्रह सहितको उजुरी बांके प्रहरीमा परेको छ ।