भेरी अस्पतालमा २४ घण्टा भित्र ३ जना कोरोना संक्रमितको मृत्यु

१३ माघ, बाँके /  नेपालगञ्जस्थित भेरी अस्पतालमा २४ घण्टा भित्र ३ कोरोना संक्रमितको मृत्यु भएको छ । कालिकोटका १६ वर्षीय बालकको बुधबार दिउसो र बर्दिया मधुवनका ७१ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार राती र कालीकोट कै एक महिलाको बिहिबार बिहान उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार कालिकोट जिल्ला शुभकालिका- ५ का कोरोना बिरुद्धको खोप नलगाएका १६ बर्षिय बालकको बिरामी भर्य उपचारको लागी माघ ४ गते केडिकल कलेजमा पिसिआर गरिएकोमा कोरोना पोजेटिभ दृखिएकाले कोभिढ अस्पताल भेरीमा माघ ५ गते भर्ना गरि उपचार हुदै आएकोमा माघ १२ गते बुधबार दिउसो उक्त बालकको मृत्यु भएको हो ।

त्यसैगरी बर्दिया मधुवन नगरपालिका वडा नं ६ निवासी ७१ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति १०ः३० बजे मृत्यु भएको छ । भेरी अस्पतालमा यही माघ १० गते पीसीआर परिक्षण गर्दा उहांलाई कोरोना पोजेटिभ भएपछि सोही दिन उपचारको लागी भर्ना गरिएको थियो ।

त्यसैगरी कालिकोट जिल्ला पचालझरना- १ का ६० बर्षिय महिला बिरामी भई उपचारको लागी नेपालगञ्ज स्थित मेडिकल कलेजमा आएकोमा उहांको पनि माघ ९ गते पिसिआर गरिएकोमा कोरोना पोजेटिभ देखिएपछी माघ १० गते भेरी कोभिढ उपचार केन्द्रमा भर्ना गरेर उपचार भईरहेकोमा आज बिहिबार बिहान ३:४५ बजे मृत्यु भएको छ ।

बांके जिल्लामा हाल सम्म कोरोना पोजेटिभ देखिएका बांके बाहिर जिल्लाका ४४० जना र बांकेका ३४६ जनाको मृत्यु भईसकेको बांके कोरोना क्राईसिस ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभएको छ ।