बेहुली लिएर फर्किंदै गरेको जीप प्युठानमा दुर्घटना: ६ जनाको मृत्यु ७ जना घाईते

Photo:File

२२ माघ, प्यूठान/  प्युठानको गौमुख गाउँपालिका स्थित ओखरपाटामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

बेहुली लिएर फर्किंदै गरेको ग१ज ५०९२ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको र ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठान डीएसपी सत्यनारायण थापाले जानकारी दिनुभएको छ ।

प्यूठानको नाै-बहिनी गाउँपालिकाकाे लुङबाट बेहुली लिएर प्यूठान कै गाैमुखी गाउँपालिकाकाे लिवाङ जाँदै गरेकाे ग१ज ५०९२ नम्वरको जिप ओखरपाटामा शनिवार राती करिब ३ बजे दुर्घटनामा परेको जानकारी प्राप्त भएपछी प्रहरी उद्दारका लागी ततकाल खटि गएको प्रहरीले जानकारी दिएको छ ।

मृर्तकहरुको सनाखत गर्ने र घाईतेहरुको उपचारको लागी खलंगा स्थित जिल्ला अस्पतालमा पुर्‍याउने काम प्रहरीले गरेको छ ।