नगद तथा मूर्ति सहित पक्राउ

२६ माघ नेपालगञ्ज/  काठमाडौं महानगरपलिका वडानम्बर १७ धोबिचौर स्थित सडकबाट १ थान पँहेलो रंगको धातुको मुर्ति, नगद १ लाख ४ हजार ७ सय ४० रुपैयाँ र २ थान मोबाइल सहित टोखा बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका वडानम्बर ८ घर भएका १७ वर्षीय किशोरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उहांलाई शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा फेला पारी जाँच गर्दा उहांको साथबाट उक्त मूर्ति र नगद फेला पारी पक्राउ गरेको र घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।