बाँकेको गौघाटमा चौंथो खजुरा-मेयर रनिङ शिल्ड प्रतियोगिता

२८ फागुन, खजुरा/ बाँकेको खजुरा स्थित योगिनी मावि गौघाटमा चौथो अन्तर बिद्यालय मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिता शुरु भएको छ ।

बिभिन्न झाँकी, पञ्चेबाजा र सहभागी बिद्यालयका खेलाडी छात्रा, छात्रको मार्चपासले भब्य समारोह बीच प्रतियोगिताको उद्घाटन गरिएको हो ।

प्रतियोगिताको बाँके क्षेत्र नंं. ३ का लुम्बिनी प्रदेश सांसद बाबुराम गौतमले एक समारोहका वीच उद्घाटन गर्नुभएको हो ।

शनिबार देखि शुरु भएको प्रतियोगिता ३० गते सोमवार सम्म ३ दिन सञ्चालन गरिने भएको छ । उदघाटन समारोहलाई सम्बोधन गर्दै खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले पालिकाले हरेक बर्ष शैक्षिक क्यालेण्डर अनुसार नै गदै आएको प्रतियोगितालाई खजुरावासीले एक महोत्सवको रुपमा ग्रहण गरेकोमा खुशी ब्यक्त गर्नुभयो ।

उदघाटन समारोहलाई सम्बोधन गर्दै सरकार द्वारा राजपत्रमा सूचना जारीगरी घोषणा गरेको खजुरा नगरपालिकाका प्रमुख किस्मत कुमार कक्षपती ‘

आफुहरुको प्रयासबाट थालनि गरिएको पालिका स्तरिय अन्तर बिद्यालय मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिता खजुरा गाउँपालिकामा स्थापित भैसकेको भन्दै अध्यक्ष कक्षपतिले आगामी बैशाखमा हुने स्थानीयतहको चुनाव पछि गठन हुने स्थानीय सरकारले पनि निरन्तरता दिनेमा आफु ढुक्क रहेको वताउनु भयो ।

खजुरालाई १५ बर्षमा समृदि बनाउने लक्ष्यलाई साकारपार्न यो प्रतियोगिता पनि जोडिएकाले समृद्ध खजुरा बनाउने सवालमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगितामा खजुरा क्षेत्रका सामुदायिक तथा निजी गरि १६ विद्यालयका १८ बर्ष मूनिका १ सय ७७ छात्रा र २ सय ४१ छात्र गरि ४ सय १८ जना बिद्याथीहरुको सहभागिता रहेको खजुरा गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख तथा सचिवालय संयोजक खगेन्द्र बहादुर मल्लले जानकारी दिनुभयो छ ।

उदघाटन समारोहमा मार्चपास गर्दै आयोजक विद्यालय योगीनी मा.वि.का विद्यार्थीहरु ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यालयलाई २५ हजार, द्वितियलाई १५ हजार र तृतीयलाई १० हजार राशीको पुरस्कार, प्रमाण पत्र र ट्रफिको व्यवस्था गरिएको छ ।

कार्यक्रममा खजुरा गाउँपालिका उप-प्रमुख एकमाया विक, खजुरा गाउँपालिका जनप्रतिनिधीहरु, बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी, पालिका सल्लाकार भीम वली, नेपाली कांग्रेस बाँकेका पूर्व सभापति कृष्णमान श्रेष्ठ, नेकपा बाँकेका सचिव रत्न खत्री, नेकपा माओवादीका जिल्ला सचिब धनीराम वली, खजुरा नगर घोषित पालिका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसी, स्थानिय पालिका स्तरिय विद्यालयका शिक्षक, विद्यार्थी एवम अभिभावकहरुको ब्यापक उपस्थित रहेको थियो भने उदघाटन समारोहमा मार्चपास लगायत अन्य विभिन्न शैक्षिक एवम मनोरञ्जनात्मक झाँकीहरु प्रदर्शन पनि गरिएको थियो