बाँके प्रहरीद्वारा भन्सार छलीको लाखौंको समान पक्राउ, तस्कर फरार

२ चैत्र, नेपालगञ्ज/ बाँकेको जमुनहा- पचपोखरा क्षेत्रबाट भन्सार छली अबैध रुपमा वुधवार अपरान्ह नेपालगञ्ज तर्फ ल्याउदै गरेको Ïविभिन्न किसिमका सामानहरु बाँके प्रहरीले बरामद गरेको छ ।

बाँके प्रहरी टोलीले बाँके जिल्ला नेपालगञ्ज उ.म.न.पा. वडा नम्बर १० ट्राफिक चोक नजिकवाट भन्सार छली चोरी पैठारी गरी लगदै गरेको लत्ता कपडा, हार्डवेयरका सामान गरी अन्दाजी मुल्य ३,४४,९००।– (तिन लाख चवालिस हजार नौ सय) रुपैया बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाईएको बाँके प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिनुभएको छ।

सम्बन्धित शीर्षक