सामुदायिक रेडियो प्रशारण संघ (ACORAB ) को नेपालगञ्जमा राष्ट्रिय सम्मेलन

९ चैत्र, नेपालगञ्ज/ सामुदायिक रेडियोहरुको साझा संस्था अकोराबको १६औं बार्षिक साधारणसभा बुधवार देखी नेपालगञ्जको सिदार्थ होटेलमा सुरु भएको छ ।

२ दिनसम्म चल्ने साधारणसभा एवम् सम्मेलनको अकोराबका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले प्रमुख अतिथीको रुपमा शुभकामना ब्यक्त गर्नुभएको छ ।

बडुले शुभकामनाको क्रमका ACORAB को स्थपनाको २१ औं बर्ष र सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन (community Radio National Conference) को सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

 

lसम्मेलनमा भाग लिन देशभरका सामुदायिक रेडियोहरुका करिव ३ सय प्रतिनिधिहरु नेपालगञ्ज पुग्नु भएको छ ।

उदघाटन सत्रमा अकोराबका अध्यक्ष गिरीले रेडियो सम्मेलन तथा साधारणसभाबाट रेडियोहरुको भावी कार्यदिशा, प्रतिबद्धता र विभिन्न निकायहरुसंगको अपेक्षासहित नेपालगञ्ज घोषणापत्र तयार गरी जारी गर्ने गरी तयारी गरिएको जानकारी दिनुभयो ।

त्यसैगरी सम्मेलनमा ‘सामुदायिक रेडियोले हासिल गरेका उपलब्धि एवं यस क्षेत्रका चुनौतीहरुका साथै सामुदायिक रेडियोहरुको अबको बाटो’ विषयमा पनि छलफल गरिने उदघाटन सत्रमा गिरीले जानकारी दिनुभयो।

सम्मेलनमा नेपालका भाषा/भाषीको संरक्षण र प्रवधनमा सामुदायिक रेडियोको भूमिका, विपद् तथा महामारी लगायतका क्षेत्रमा थपिएका चुनौतीहरुको सामना कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गरिने भएको छ।

नेपालको समुदायको विकास र निर्माणमा सामुदायिक रेडियोहरुले आफ्नो प्रशारणमा प्राथमिकता दिनुपर्ने र नेपालको “संविधानले व्यवस्था गरे अनुरुप तीन तहको सरकार निर्माण भइसकेको र नयाँ कानुनहरु समेत निर्माण भइरहेको अवस्थामा सामुदायिक रेडियोले निर्वाह गर्ने दायित्वमा समेत विचार र संवाद मार्फत रेडियोले समाजमा स्थापित गर्न प्रभावकारी रहेको उदघाटन सत्रमा बोल्ने बक्ताहरुले विचार ब्यक्त गर्नुभएको थियो ।

सम्मेलनको उदघाटन सत्रमा नेपालगञ्ज उपमहानगर का उपमेयर उमा थापा मगर , नेकपा (एमाले) प्रतिनिधी बिष्णु रिजाल सूचना प्रविधि तथा सञ्चार मन्त्रालयका सचिव विभागका डिजी, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, नेपाल वार एसोसियसनका प्रतिनिधी लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

साधारणसभा एवम् सम्मेलनमा ५ जना विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । सम्मानित हनुहुनेहरुमा सामुदायिक रेडियो अभियन्ताहरु एवम अकोरावका पूर्व अध्यक्ष मिन बहादुर शाही र मोहन चापागाईं, अकोराब संस्थापक दांङका दधिराम सुवेदी, थारु समुदायको बरघर एवम् थारु अगुवा बर्दियाका पतिराम थारु र कला क्षेत्रका साधक नेपालगञ्जका कलाकार श्यामानन्द सिंह ठकुरीलाई सम्मान गरिएको छ।