फोनिजको केन्द्रिय अध्यक्षमा बरिष्ठ पत्रकार गजुरधन राई निर्विरोध निर्वाचित

९ चैत्र, नेपालगञ्ज/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को केन्द्रिय अध्यक्षमा बरिष्ठ पत्रकार गजुरधन राई निर्विरोध निर्वाचित हुनुभएको छ ।

नेपालको पर्यटकीय क्षेत्र चितवनको सौराहामा चैत्र६-८ गते भएको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा राई समेत ५० सदस्यीय केन्द्रिय कार्यसमितीमा निर्वाचित गरिएको हो।

नवनिर्वाचित राईको नेतृत्वमा नयाँ कार्यसमिति वरिष्ठ उपाध्यक्षमा कैलालीका लक्की चौधरी निर्वाचित हुनुभएको छ। त्यसैगरी अन्य उपाध्यक्षहरु अमर ध्वज लामा (खुला) सरु राना (महिला), जगत दोङ (संस्थागत), कमन देवान (अल्पसंख्यक) निर्वाचित हुनुभएको छ।

त्यसैगरी महासचिवमा मिलन लिम्बू, सचिवहरु बुद्ध वीर बाहिङ राई‚ समीर बलामी‚ विश्वराज तामाङ खुलातर्फ निर्वाचित तर्फबाट भने अञ्जना शिल्पकार (महिला)‚ छेटु शेर्पा (संस्थागत) र यमन दनुवार (अल्पसंख्यक) का तर्फवाट केन्द्रिय सचिव पदमा निर्वाचित हुनुभएको छ ।

कोषाध्यक्षमा चित्रबहादुर गुरुङ र सह-कोषाध्यक्षमा सञ्चु तामाङ निर्वाचित हुनुभएको छ ।

प्रदेश इन्चार्जमा भक्तशेर लिम्बू (प्रदेश नम्बर १), निरज पिठाकोटे (मधेस प्रदेश), पेमा लामा (बागमती प्रदेश) यमबहादुर गाहा (लुम्बिनी प्रदेश), बुद्धिमान पुन मगर (कर्णाली), भिमबहादुर चौधरी (सुदुर पश्चिम प्रदेश) हुनुहुन्छ ।

संस्थागततर्फ सदस्यहरु क्रमशः देवेन्द्र खापुङ (लिम्बू), निम्लेकी शेर्पा (शेर्पा), सुनिल महर्जन (नेवार) सन्तकुमार चौधरी (थारू), चित्रबहादुर गुरुङ (गुरुङ), नेत्र तामाङ (तामाङ) र प्रकाश राई (राई) खुला सदस्यतर्फ बुद्ध योञ्जन लामा, लोकेश लिबाङ, कमलसिंह थारु, गजेन्द्र राई र हर्कबहादुर घर्ती मगर निर्वाचित हुनुभएको छ। महिलातर्फ सुनिता महर्जन, स्मृति रोका मगर, रचना श्रेष्ठ, सुजता निङ्लेकु लिम्बू, मञ्जुकुमारी श्रेष्ठ, विना राई निर्वाचित हुनुभएको छ ।

त्यसैगरी अल्पसंख्यक पुरुषतर्फ सदस्यहरु विदुर खवास र उद्धव चेपाङ र महिलातर्फ रोशनी कँवर, लेखा संयोजकमा चन्द्र पन्दाक लिम्बू र सदस्यहरुमा उर्मिला गम्बा र भकेन्द्र लावती हनुहुन्छ ।

चैत ६ देखि ८ गतेसम्म भएको महाधिवेशनमा अध्यक्ष, महा-सचिवलगायत अधिकांश पदहरुमा सर्वसम्मत नेतृत्व चयन गरिएको थियो भने केही खुला उपाध्यक्ष, अल्पसंख्यक उपाध्यक्ष, सचिवल गायतका केही पदमा निर्वाचन भएको थियो ।