सहमतीमा यौन सम्पर्क गरेर बलात्कारको आरोप लगाउने अक्षामी युवती जेल चलान

१६ चैत्र, नेपालगञ्ज/ सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै प्रहरी समक्ष उजुरी दिएकी एक किशोरीलाई अक्षाम जिल्ला अदालतले भुटो बोलेको ठहर गर्दै जेल सजाय सुनाइएको छ ।

 अछाम जिल्लाको कमलबजार नगरपालिकाको १९ वर्षीया किशोरीलाई जिल्ला अदालत अछामले गत आईतवार फैसाला गरी सोमवार प्रमाणीकरण गरेर साढे ३ वर्षको जेल सजाय तोकेको हो ।

जिल्ला न्यायाधीश नवीन कुमार जोशीको इजलासले आईतवार उक्त फैसला गरेको हो ।

गत माघ १५ गते आफूलाई माग्न आएको पुरुषलाई किशोरीले बलात्कार गरेको भन्दै माध १७ गते अक्षाम प्रहरी समक्ष उजुरी दिएकी थिइन् ।

फोन मार्फत विवाहको प्रस्ताव लिएर पुरुष घरमा आएको र घरमा आमासँग विवाहको कुराकानी गरेको, राति अबेर भएपछि त्यहीँ बसेको बयान दिएकी थिइन् ।

 किशोरीले पुरुष भुइँमा र आफू बहिनीसँग सुतेको अवस्थामा राति ११:३० मा जबर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन् ।

पुरुषले जबर्जस्ती करणी नगरेको तर, सहमतिमा यौन सम्पर्क भएको बयान दिएका थिए ।

फैसलाको केही अंश

विवाह प्रस्ताव लिएर पुगेका उनीहरू विवाह नगरी फर्किएका थिए ।

‘भोलिपल्ट घरबाट विवाह नगर अहिले मान्छे बितेका छन् भनेपछि हामी फर्किएका हौँ ,’ उनले अदालतमा बयान दिएका छन् ।

सुरूमा जबर्जस्ती करणी गरेको बयान दिएकी किशोरीले पछि विवाह नगर्ने हो कि भन्ने त्रासले मुद्दा दायर गरेको बताएकी थिइन् ।

सहमतिमा यौनसम्पर्क भएको तर, जबर्जस्ती करणी नभएको अदालतको ठहर छ । युवतीको उजुरीपछि बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय पुरुषलाई अदालतले सफाइ दिइएको छ ।

सम्बन्धित शीर्षक