५ लाख घुस रकम सहित मालपोत अधिकृत पक्राउ

२८ चैत, नेपालगञ्ज/  मालपोत कार्यालय धनुषाका प्रमुख सुनिल झालाई सोमबार बिहानै ५ लाख नगद रुपैयाँ घुस लिँदै गर्दा  अख्तियारले रंगेहात पक्राउ  गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास स्थित टोलीले धनुषा मालपोत कार्यालय प्रमुख झालाई जनकपुरधामको भानु चोकबाट सोमबार बिहान ५ लाख नगद सहित पक्राउ गरेको जनाएको छ ।

सेवाग्राहीसँग घुस वापत रकम लिँदै गरेको समयमा झालाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका निमित्त प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिनुभएको छ ।

मुद्दाको फैसला गराइदिने भन्दै मालपोत अधिकृत झाले घुस बापतको रकम लिइरहेको अवस्थामा नियन्त्रणमा लिएर खआवश्यक थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

सम्बन्धित शीर्षक