२८ चैत, धनगढी / घरायसी विवादका क्रममा कैलालीको मोहन्याल गाउँपालिका वाडनम्बर १ की ३२ वर्षीया फूमा थापा मगरले आफनै श्रीमान ४३ वर्षीय नारायण थापा मगरको हँसियले हानेर हत्या गरि कैलाली प्रहरी समक्ष आत्मसर्मण गरेकी छिन ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम प्हरी नायब उपरिक्षक वेदप्रकाश जोशीका अनुसार सोमबार बिहान प्रहरी चौकी पण्डौनमा घरायसी बिवादका कारण आफनो हातबाट श्रीमानको हत्या हुनगएको भन्दै प्रहरी समक्ष फूमा थापा उपस्थित भएपछि घटनाबारे थाहा भएकोबताउनुभएको छ ।
घटनाको थप अनुसन्धानका लागि कैलालीको इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी निरीक्षक लोकेन्द्र गुरुको नेतृत्वमा टोली पठाइएको प्रवक्ता जोशीले जानकारी दिनुभएको छ । उक्त घटनास्थल लम्की देखी उत्तरमा बिकट पहाडी क्षेत्रमा रहेको छ ।
हाम्रो संरचना । २८ चैत्र २०७८, सोमबार ११:३१