४ बैशाख, नेपालगञ्ज/ सत्ता प्राप्तीका लागी एक भएका ५ दलिय गठबन्धन आगामी बैशाख ३० गते हुने स्थानिय निर्बाचनको लागी टिकट बितरणमा एक–आपसमा भागबन्डा मै अल्झीएर किचलो सुरु भएको बेला नेकपा एमालेले भने अधिकांस ठाउंमा सर्बसम्मत उम्मेदवारहरु छनौट गरेको देखिएको छ ।
राष्ट्र निर्मणको लागी आफनो पार्टीको निति, बिचार र सिदान्तबाट स्खलित भएर सत्ता प्राप्तीको निम्ती गठबन्धीत ५ दलिय राजनितिक पार्टीहरुमा स्थानिय निर्बाचनको लागी कुन पार्टीको कुन ब्यक्तीले टिकट पाउने भन्ने बिषयमा सकस भएको छ ।
फरक–फरक राजनितिक बिचारधार बोकेका ति पार्टीहरु मध्य सबै भन्दा साना र निर्बाचन पछी अस्तित्व नै हराएर जानसक्ने पार्टीहरुले नै गठबन्धनमा सबै भन्दा बढी सिट मागेपछी सत्ताका निम्ती गरिएको गठबन्धन धरापमा पर्ने अवस्था सृर्जना भएको छ ।
गठबन्धनमा रहेका साना पार्टीहरु नेकपा पार्टीबाट चोइटिएको माधव नेपालको नेकपा समाजबादी, प्रचण्डको नेकपा माओबादी केन्द्र र झण्डै २ दशक मधेशको नाममा सत्ताको लागी मधेशी जनतालाई सिढी बनाएको उपेन्द्र यादबको समाजबादी दल, चुनाव लडने र नलडने गरि चोइटिएको जनमोर्चा जस्ता पार्टीको साथमा लागेर आफनो पार्टीको निति बिचार र सिदान्तबाट स्खलित भएर नेपाली कांग्रेसले आफनो भागको अरुलाई बण्डा गर्न खोज्दा अरु साना पार्टीहरुले धेरै भाग खोजेकाले गठबन्धनमा थप संकट उत्पनन भएको नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरुले बताउदै आउनु भएको छ ।
उता जनताको बहुदलिय जनबादलाई नेपाली समाजबादकोे आधार निर्माणको रुपमा मार्ग दर्शण बोकेको नेकपा एमालेले “समृद्ध नेपाल, सुखी नेपाली” निर्माणको नारा बोकेर एक्लै स्थानिय निर्बाचनमा होमीएको छ ।
त्यसैक्रममा नेकपा एमालेले स्थानिय निर्बाचनको लागी वडा कमिटी हुदै, पालिका, जिल्ला, प्रदेश कमिटीबाट अधिकांस ठाउंमा सर्बसम्मत उम्मेदवार छनौट भएको र केही ठाउंमा दाबेदार उम्मेदवारहरु एक–आपसमा बसेर पार्टी कमिटीहरुले छलफलहरु चलाईरहेको र बिवाद भएका ठाउंहरुमा माथील्लो निकायबाट समन्वय गर्ने काम पनि भईरहेको नेकपा एमालेका उपाध्यक्ष बिष्णु प्रशाद पौडेलले जानकारी दिनुभएको छ ।
हुम्लामा हुने पार्टी प्रबेश तथा सम्बोधन गर्न आईतबार हुम्ला जानेक्रममा शनिबार सांझ अध्यक्ष केपी ओली सगै नेपालगञ्ज आईपुग्नुभएका उपाध्यक्ष पौडेलले शनिबार सांझ नेपालगञ्जको स्नेह होटेलमा कार्यकर्ताहरुसंग भेटघाटको क्रममा बिगतको भन्दा यस पटक पार्टी कमिटीहरुले चुस्त–दुरुस्त भएर काम गरेको र उम्मेदवार छनौटमा पनि उत्साह छाएको बताउनु भएको छ ।
बांकेमा पनि नेकपा एमालेले ८ वटा वटा पालिका मध्य केही वाड बाहेक ५ वटा पालीकामा सर्बसम्मत उम्मेदवार छनौट भइसकेको र ३ वटामा बांकी रहेको बताइएको छ ।
बांकेका ८ वटा मध्य नेपालगञ्ज उप–महानगरपालीका, नगर उन्मुख खजुरा गाउंपालिका, जानकी गाउंपालिका, डुडुवा गाउंपालिका र नरैनापुर गाउंपालिकामा प्रमुख, उप-प्रमुख सहित अधिकांस वडामा दाबेदारहरु बीच एक–आपसमा बसेर टुंगो लागीसकेको स्रोतले बताएको छ ।
हाल उम्मेदवार छनौटको लागी कोहलपुर नगरपालिका, राप्ती सोनारी र बैजनाथ गाउंपालिकाको उम्मेदवारहरु बीच नै छलफल चलिरहेको र केही दिन भित्रै उक्त पालिकाका सबै उम्मेदवारहरुको छलफलबाटै टुंगो लाग्ने अन्तीम तयारी रहेको बताइएको छ ।
नेपालगञ्जको रोजा इफतार कार्यक्रममा एमाले अध्यक्ष केपी ओली……..
यसै बीच नेपाल मुस्लिम एत्तेहाद संगठनले नेपालगञ्जमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख उपस्थितमा शनिबार सांझ रोजा इफतार कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा रोजा खोल्नु अघि सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष केपी ओलीले नेपाल जस्तो बहु–जाती, बहु–भाषिक, बहु–धार्मिक, र बहु–सांस्कृतिकको धनी देश बिश्वमा अन्त कतै नभएको उल्लेख गदै राष्ट्रका यी अमुल्य गहना जोगाई राख्न सबैको उत्तीकै योगदान आवश्यक रहेको बताउनु भउको छ ।
अध्यक्ष वलीले नेपालगञ्जले आपसी सदभाव र भाईचाराको उदाहरण रोजा जस्ता बिभिन्न सामाजिक कार्यक्रमहरु मार्फत पेश गरेकोमा खुशि ब्यक्त गदै नेपाली मुस्लिम समूदायहरुलाई राष्ट्र निर्माणको मुलधारमा ल्याउन आफनो नेतृत्वको सरकारले निति कार्यक्रमहरु अगाढी सार्ने गरेको संक्षिप्त जानकारी दिदै नेपाल अनेकौं रंथीचंगी फुलहरुको बगैचा जस्तै अनेकौं जातजाती, भाषाभाषी, भेषभुषा क्षेत्र, बर्ग, लिंगमा रहेको एउटा सुन्दर बगैचा जस्तै भएकोले यसलाई बिकासको लयबाट सिंगारन सबै आ–आफनो ठाउंबाट जुटनु बताउनु भएको छ ।
सो कार्यक्रममा नेपाल मुस्लिम एत्तेहाद संगठनका केन्द्रिय अभ्यक्ष सेराज फारुकी, उपाध्यक्ष मोहम्द हारुन हल्वाई समेतले सहभागीहरुलाई धन्यबाद ज्ञापनको बिचार ब्यक्त गर्नुभएको थियो ।
हाम्रो संरचना । ४ बैशाख २०७९, आईतवार ०७:३५